site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
काठमाडौँ विश्वविद्यालयमा आन्दोलन जारी
Sarbottam CementSarbottam Cement

काठमाडौँ । अनलाइन कक्षाबाहेक अतिरिक्त विषयमा शुल्क नलिन माग गर्दै जारी भएको काठमाडौँ विश्वविद्यालयको रिले अनशन आज पनि जारी छ । आइतबारदेखि बसेको अनशनबारे विश्वविद्यालय प्रशासनबाट औपचारिक छलफलमा कोही नआएको आन्दोलनरत विद्यार्थी आयशा शाक्यले बताइन् । 

आन्दोलनमा विश्वविद्यालयका स्कूलअफ साइन्स, स्कूल अफ इञ्जिनियरिङ, स्कूलअफ ल, स्कूल अफ आर्ट र स्कूल अफ म्यानेजेमन्टका विद्यार्थीले काभ्रेस्थित प्रशासन भवन परिसरमा रिले अनशन थालेका हुन् । विद्यार्थीहरु दिन तथा रात अनशनमा बसिरहेका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

५ बुँदे मागसहित विद्यार्थी आन्दोलनमा बसेका हुन् । असोज २२ मा निकालेको सूचना खारेज वा अर्को सूचना जारी गरेर समस्या समाधान नभएसम्म विद्यार्थीले शुल्क तिर्न नपर्ने, ट्युशन शुल्कबाहेक खेलकुद, पुस्तकालय र इन्टरनेटका शुल्कलगायत ८ शीर्षकामा शुल्क कटौती गर्ने, गाह्रो भएको परिवारलाई कोभिड राहत छात्रवृत्तिको व्यवस्था गर्ने र कोभिड नसकिउन्जेल ढिलो शुल्क तिर्दा जरिवाना नलाग्ने व्यवस्था गर्न विद्यार्थीको माग छ । 

विश्वविद्यालयले माग पूरा गर्ने लिखित प्रतिबद्धता व्यक्त नगरेसम्म आन्दोलन नछाड्ने शाक्य सुनाउँछन् । 

Global Ime bank


 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, कात्तिक २५, २०७७  १८:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC