site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
अब ‘हाम्रोपात्रो’बाटै बिदेशमा रहेका नेपालीले नेपालमा गिफ्ट पठाउन सकिने

काठमाडौं  ।  नेपाली एप ‘हाम्रो पात्रो’बाटै गिफ्ट पठाउन सकिने भएको छ । कम्पनीले विदेश रही नेपाल स्थित आफ्ना आफन्त तथा साथिभाइलाई विभिन्न उपहार सामग्री पठाउन सकिने गरी ‘हाम्रो गिफ्ट’ सेवा सुरु गरेको हो ।   

तिहार तथा भाई टीकाका लागि कम्पनीले प्रि-अर्डर लिन सुरु गरिसकेको छ । उपहार सामग्री तथा मिति चयन गरी प्रि-अर्डर गर्न सकिनेछ । यसरी चयन गरिएको मितिमै डेलिभरी सेवा उपलब्ध गराइनेछ । तिहारलाई लक्षित गरेर कम्पनीले नोभेम्बर १६ सम्मका लागि २५ डलर माथिको अर्डरमा डेलिभरी निःशुल्क गराएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

भाई टीकाका लागि विशेष रुपमा भाई मसलाका तीन वटा कम्बो प्याक तयार पारिएका छन् । जसमा भ्यालु प्याक, स्ट्यान्डर्ड प्याक र प्रिमियम कम्बो प्याक रहेका छन् ।

हाललाई हाम्रोपात्रोले काठमाण्डौ उपत्यकाभित्रका तीनवटै जिल्लामा उपहार सामग्रीको डेलिभरी सेवा उपलब्ध गराउनेछ । विदेशमा रहेका व्यक्तिले इन्टरनेसनल कार्डबाट भुक्तानी गरी गिफ्ट पठाउन अर्डर दिन सक्नेछन् ।  यसरी प्राप्त अर्डर २४ घण्टाभित्र डेलिभरी दिइने हाम्रोपात्रो इंकले जनाएको छ । 

‘हाम्रो गिफ्ट’मा लक्ष्मीपूजाको लागि आवश्यक बत्ती, मूर्ति, दियो, फूलमाला आदि जस्ता उपहार सामग्रीहरु समावेश गरिएको छ ।  लिक्वेर, विद्युतीय सामग्री, झिलिमिली बत्ती, मिठाई, केक, चकलेट, टेडी बियर, कार्ड, घडी, बडी स्प्रे तथा परफ्यूम, मोबाइल फोन, कपडा, होम अप्लायन्सेस, ड्राइ फ्रुट, फोटो फ्रेम, जुस लगायतका सामग्री समेत हाम्रोपात्रोबाट अर्डर गर्न सकिनेछ ।
 

प्रकाशित मिति: सोमबार, कात्तिक २४, २०७७  २१:३१
प्रतिक्रिया दिनुहोस्