site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

विराटनगर महानगरपालिकाका प्रमुख संक्रमित नागरिकहरूको घरघरमा अक्सिजन लैजान आफैँ गएको समाचारसँगै काठमाडौं महानगरपालिकाका प्रमुखले टुँडीखेलमा असहायहरूका लागि स्वयंसेवी व्यक्ति र संस्थाले उपलब्ध गराएको निःशुल्क भोजन बन्द गर्ने आदेश दिएको समाचार पनि सार्वजनिक भएको छ । विराटनगरका महानगरपालिका प्रमुखले जनप्रतिनिधिले गर्नुपर्ने कर्तव्य पूरा गरे । राम्रो भयो । काठमाडौंका महानगरपालिका प्रमुखले मानवीय पक्ष र जनप्रतिनिधिको कर्तव्य बिर्सेर महानगरको कथित ’इज्जत’ को भन्दै दीनदुःखी असहायको गाँस खोस्न खोजे । नराम्रो भयो । धेरै पहिले देखि नै बन्दाबन्दीका कारण गाँसको जोहो गर्न नसकेका महानगरवासीलाई परोपकारी स्वयंसेवीहरूले खाना खुवाउँदै आएका छन् । उनीहरूलाई धेरैले जो सकेको सहयोग पनि गरेका छन् । यस्तोमा महानगरपालिकाले यसरी कार्यक्रम नै रोक्न हस्तक्षेप गर्नुपर्ने न्यायोचित कारण देखिँदैन ।

यसभन्दा पहिले पनि बेलाबखत काठमाडौं महानगरपालिकाको कोपभाजन हुने गरे पनि अहिलेसम्म भोजन कार्यक्रम चलिरहेको छ । यसपटक महानगरपालिकाले भोजन कार्यक्रम रोकेको खबर सार्वजनिक भएसँगै प्रकट भएको जनआक्रोश हेर्दा अब पनि यो कार्यक्रम सजिलै रोकिने देखिँदैन । संसारका सबैजसो महानगरमा चरम सहरी गरिबीमा बाँचेहरूलाई राज्य वा सामाजिक संस्था वा परोपकारी व्यक्तिहरूले भोजन, आवास र अन्य मानवोचित सेवा उपलब्ध गराउने प्रयास गरेका हुन्छन् । अधिनायकवादी मुलुकहरूबाहेक अन्यत्र यसरी दीनदुःखीलाई कसैले सहयोग गरेमा रोकतोक गर्ने गरेको पाइँदैन । पक्कै पनि टुँडीखेलको खुला ठाउँमा सदावर्त चलाउँदा फोहोर हुन्छ । यस्तै कर्तव्यबोध गर्ने हो भने राज्यका लागि लज्जाको विषय पनि हो । तर, राज्यका कुनै पनि निकायले भोजनको वैकल्पिक व्यवस्था नगरीकन एकाएक निषेध गर्नु जनताविरुद्धको अपराध हो । व्यवस्थापनका लागि वा श्रम गरेर खान लगाउन रोकिएको भन्ने काठमाडौं महानगरपालिकाका प्रमुखको भनाइ पत्याउने कुनै आधार छैन । सरकारले जति नै दाबी गरे पनि साँच्चैका दीनदुःखीकाे सरकारी कार्यक्रममा पहुँच हुँदैन । महानगरपालिकाले १० हजार शय्याको 'आइसोलेसन' सुविधा तयार गर्ने भनेजस्तै हो । 

सबै प्रजाको घरबाट धुवाँ निस्केको देखेपछि मात्र भोजन गर्ने राजाले शासन गरेको सहर हो काठमाडौं । यहीँका जनप्रतिनिधिमा यस्तो निदर्यी र अमानवीय मानसिकता देखिनु लज्जाको मात्र हैन ग्लानिको पनि विषय हो । सहरको सौन्दर्य वा सरसफाइ महत्त्वपूर्ण पक्ष हुन् । तर, मानवीय आवश्यकता र अरू पक्षका बीचमा रोज्नुपर्दा प्राथमिकता त मानवले नै पाउनुपर्छ । यसैले भोजन कार्यक्रमलाई व्यवस्थित गर्ने काठमाडौं महानगरपालिकाको उद्देश्य भए पहिले विकल्प तयार गर्नुपथ्र्यो । केही असहायहरूको हेरचाहका लागि कुनै संस्थासँग महानगरपालिकाले सहकार्य गरेको उदाहरण दिएर निःशुल्क भोजन कार्यक्रम बन्द गराउने खोजिएको देखियो । जति नै निषेध गर्न खोजे भोकाहरूलाई भोजन गराउन चाहने स्वयंसेवीलाई निषेध गर्न सकिँदैन भन्ने महानगरपालिकाका अधिकारीहरूले हेक्का राखून् । स्वयंसेवीहरूसँग सहकार्य गरेर भोजन कार्यक्रम व्यवस्थित गर्न महानगरपालिका अग्रसर होस् । नत्र, काठमाडौं महानगरपालिकाका लागि यो निर्णय पनि प्रत्युत्पादक हुने निश्चित छ । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक १९, २०७७  १५:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC