site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
‘फौजीलाई कुन हो दसैँ, कुन हो चाड ?’ 

काठमाडौं । कुनै पनि मुलुकको शान्ति सुरक्षाको मेरुदण्ड भनेकै सुरक्षाकर्मी हुन् । राष्ट्र र जनताको सुरक्षामा खटिने उनीहरूका लागि चाडपर्व परिवार सम्झाउने माध्यम मात्रै बन्छ । 

कर्तव्य निर्वाह गर्ने क्रममा निजि क्षेत्र र कर्मचारीजस्तै उनीहरूले बिदा पाउँदैनन् । यो वर्ष कोरोना महामारीबीच दसैँ परेको छ । मुलुकका तीन सुरक्षा निकाय नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी आफ्नो नियमित जिम्मेवारीबाहेक कोरोनाविरुद्धको अभियानमा पनि सक्रिय छन् । 

तीनवटै सुरक्षा निकायका १० हजार बढी कर्मचारी कोरोना संक्रमित छन् । सरकारले कोरोनाविरुद्ध फ्रन्टलाइनमा खटिनेलाई जोखिमभक्ता दिने निर्णय गरेको थियो । चैतबाटै लागु हुने गरि सुरक्षाकर्मी,स्वास्थ्यकर्मीलाई दिने भनिएको जोखिमभत्ता सात महिना बित्‍न लाग्दासमेत उनीहरूले पाउन सकेका छैनन् ।

Dabur Nepal
NIC Asia

यस्तोमा उनीहरूको मनोबलमा समेत प्रभाव पर्दै गएको छ । एकातिर कोरोना जोखिममा ड्युटी,अर्कोतिर जोखिम भत्तासमेत नपाउनु र त्यसमाथि संगठनले बिदासमेत नदिने निर्णय गरेपछि उनीहरूको दसैँ कर्तव्यपालनामा बित्नेछ । नेपाली सेनाले जवानहरूलाई बिदा दिने बताए पनि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले भने दसैँमा बिदा नदिने निर्णय गरिसकेको छ ।

प्रहरीका प्रवक्ता (एसएसपी) कुवेर कडायत महामारीमा प्रहरी अझै सक्रिय हुनुपर्ने भएकाले अत्यावश्यकबाहेकका बिदामा रोक लगाइएको बताउँछन् । उनले भने, “विगतमा पनि हामी दसैँमा बिदा कम छाड्थ्यौं । यसपटक कोरोनाले थप चुनौती निम्त्याएको छ । त्यसैले पनि शान्ति सुरक्षामा हामी थप सचेत हुनुपर्ने अवस्था छ । अहिलेलाई दसैँमा हामी ड्युटीमा खटिन्छौं ।”

प्रहरीमा झन्डै ६ हजारको हाराहारीमा कोरोना संक्रमित छन् ।

सशस्त्र प्रहरी बलले पनि दसैँमा बिदा दिने छैन । सीमा सुरक्षा, कोरोनाविरुद्धको मोर्चा, विशिष्ट व्यक्तिको सुरक्षा, विपत् व्यवस्थापनलगायतमा सशस्त्र प्रहरी खटिँदै आएको छ । सशस्त्र प्रहरीमा १६ सय बढी संक्रमित छन् । सशस्त्रका प्रवक्ता (डीआईजी) राजु अर्याल भन्छन्, “यसपालिको दसैँ जनताको सुरक्षा र कोरोनाविरुद्धको अभियानमा केन्द्रित हुन्छ । सामान्य रुपमा ब्यारेकमै दसैँ मनाउँछौं । तर विगतको जस्तो रमाइलो यसपालि हुँदैन । कोरोनाले पनि हामीलाई त्यसो गर्न दिँदैन ।”

विगतका दसैँ-तिहारलगायत चाडपर्वमा काममा असर नपुग्ने प्रहरी र सशस्त्रले आलोपालो बिदा पाउने गरेका थिए । तर कोरोना महामारीले पछिल्लो समय परिस्थिति फेरिएको छ । बिदामा जाँदा कोरोना जोखिम र फर्किदा १४ दिन क्‍वारेन्टिन बस्नुपर्ने अवस्था छ । सुरक्षा अधिकारीहरू प्रहरी निकाय आम निकायभन्दा फरक रहेकाले जिम्मेवारी र दायित्व पनि फरक हुने बताउँछन् ।

महामारी नियन्त्रण र शान्ति-सुरक्षा व्यवस्थापनका लगि ०७६ चैत ११ बाट सुरक्षा निकायमा अत्यावश्यकबाहेक बिदामा रोक लगाइएको छ । लामो समय बिदा नपाउँदा तल्लो तहका कर्मचारीमा मानसिक तनावलगायत समस्या देखिनसक्ने भन्दै सशस्त्रले भने देशभर मनोपरामर्शलगायत उनीहरूलाई जोखिममा कसरी काम गर्नेलगायतको प्रशिक्षण दिएको छ । सेनाले भने सम्भव भएसम्म आफ्नै सवारीमा बिदा जानेलाई गन्तव्यसम्म पुर्‍याएको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक ९, २०७७  ०७:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro