खेल

एजेन्सी । स्पेनिस ला लिगामा फुटबलमा एट्लेटिको मड्रिडले जित निकालको छ । शनिबार भएको खेलमा एट्लेटिकोले सेल्टा भिगोलाई २–० गोल अन्तरले पराजित गरेको हो । सेल्टा भिगोको घरेलु मैदानमा भएको खेलमा एट्लेटिकोलाई जित दिलाउन लुइस सुआरेज र एनिक कारेस्कोले एक–एक गोल गरे । खेलको छैटौं मिनेटमा सुआरेजले गोल गर्दै एट्लेटिकोलाई अग्रता दिलाए ।
आजको गोलसँगै सुआरेजले ला लिगा इतिहाँसमा १५० गोल पूरा गरेका छन् । उनले बार्सिलोनाका लागि १४७ गोल गर्दा एट्लेटिकोका लागि ३ गोल गर्न सफल भए । खेलको इन्ज्यूरी समयमा कारास्कोले गोल गर्दै एट्लेटिकोलाई २–० गोलको जित दिलाउन सफल भए । आजको जितसँगै एट्लेटिकोले ५ खेलबाट ८ अंक जोडेको छ ।
प्रकाशित मिति: शनिबार, कात्तिक १, २०७७ २१:५४
प्रतिक्रिया दिनुहोस्