site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
हिल्साका होटेल सुनसान
Sarbottam CementSarbottam Cement

हुम्ला । हुम्लाको उत्तरी क्षेत्रमा पर्ने नाम्खा गाउँपालिकाको हिल्सामा रहेका होटेलहरु यो वर्ष सुनसान छन् । 

मानसरोवर कैलाशको प्रवेशद्वारका रुपमा परिचित हिल्सामा पर्यटकलाई लक्ष्य गरी सञ्चालनमा आएका कोभिड १९ को असरका कारण होटेलहरु सुनसान छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

मानसरोवर कैलाशको धार्मिक यात्रामा आउने भारतीय पर्यटकहरु अहिले देखिँदैनन् । यो वर्ष विगतका वर्षहरु जस्तै पर्यटक नआउँदा सिजन भरी होटेलहरु सुनसान हुनाका साथै कुनै कारोबार नभएको होटेल स्नो ल्याण्डका म्यानेजर डुब्सान लामाले बताए । हिल्सामा पर्यटकीय होटेलहरु आधा दर्जन भन्दा बढी छन् । यहाँ मानसरोवर, हुम्ला रिसोर्ट, वाग्लुङ, नन्दी, मुकुम, नौमुले र कंग्री आदि छन् । 

सिजनको अन्त्य हुने बेलासम्म कोरोना कहरले मानसरोवर  कैलाशको धार्मिक यात्रा गर्ने हिल्सा नाका बन्द भएपछि हिल्सामा सुनसान छाएको हो । पर्यटक आगमन नहुँदा हिल्साका होटेल व्यवसायी आर्थिक सङ्कटमा परेका छन् ।  

Global Ime bank

आन्तरिक पर्यटकहरु लिमी घुम्ने र हिल्सा घुम्न आएका केही पर्यटकहरु होटेलमा वास बस्न आएपनि कोठा भाडा नलिएको लामाले बताए । केही होटेलमा कुरुवा छन् । 

धेरै होटमा कुरुवमा पनि छैनन् । ताला लगाएर बन्द गरिएको छ । गत वर्ष यही समयमा मानसरोवर कैलाशको दर्शन गर्ने नौ हजार भारतीय पर्यटकलाई सेवा दिएको बताउने मानसरोवर होटेलका व्यवस्थापक कर्मा लामाले यस वर्ष कोही पनि नपसेको गुनासो गरे । - रासस

NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक २, २०७७  ०५:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC