site stats
बाह्रखरी :: Baahrakhari
खेल
दिल्लीलाई शीर्ष स्थानमा उक्लने मौका 

एजेन्सी । १३औं सस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेट अन्तर्गत दिल्ली क्यापिटल्सले साविकको उप–विजेता टोली चेन्नई सुपर किङ्ससँग प्रतिस्पर्धा गर्दैछ । 

सारझाँ क्रिकेट स्टेडियममा हुने दुई टोलीबीचको खेल नेपाली समय अनुसार साँझ ७ः४५ मा सुरु हुनेछ । आजको खेलमा दिल्ली जित निकाल्दै शीर्ष स्थानमा उक्लने योजनामा हुनेछ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

लिगमा आठ खेल खेलेको दिल्ली १२ अंकका साथ दोस्रो स्थानमा रहेको छ । समान अंक रहेको मुम्बई तालिकाको शीर्ष स्थानमा रहेको छ । दिल्लीलाई आजको खेलमा जित निकाल्दै शीर्ष स्थानमा उक्लने मौका छ । 

आजको खेलमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी सन्दीप लामिछाने खेल्ने सम्भावना कम छ । क्रिक इन्फोका अनुसार दिल्लीले यो सिजन सन्दीपलाई स्थान दिन अझ केही खेल कुर्नु पर्ने बताएको छ । दिल्लीले लिगमा ८ खेल खेलि सक्दा पनि सन्दीप बेन्चमा छन् । 

यता, चेन्नई आजको खेलमा जित  निकाल्दै तालिकामा आफूलाई बलियो बनाउने योजनामा छ । लिगमा ८ खेल खेलेको चेन्नई तीन खेलमा जित निकाल्दै तालिकाको छैटौं स्थानमा छ । 

आजनै हुने पहिलो खेलमा राजस्थान रोयल्सले रोयल्स च्यालेन्जर्स बैंगलोरसँग प्रतिस्पर्धा गर्दैछ । दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा हुने दुई टोलीबीचको खेल नेपाली समय अनुसार दिउसो ३ः४५ मा सुरु हुनेछ ।  
 

प्रकाशित मिति: शनिबार, कात्तिक १, २०७७  १२:२८
प्रतिक्रिया दिनुहोस्