के हो टीआरपी ? टीआरपीका लागि च्यानलहरुबीच प्रतिष्पर्धा किन ?

के हो टीआरपी ? टीआरपीका लागि च्यानलहरुबीच प्रतिष्पर्धा किन ?

नयाँ दिल्ली । मुम्बई प्रहरीले पैसा दिएर च्यानलको टीआरपी बढाउन प्रयासरत व्यक्तिहरुको पर्दाफास गरेको बताइरहेको छ । मुम्बई प्रहरीका अनुसार अहिलेसम्म तीन च्यानलहरु पैसा दिएर च्यानलको टीआरपी बढाउने कार्यमा संलग्न रहेका पाइएको छ । प्रहरीले रिपब्लिक टीभीको नाम लिएर उसले टीआरपी सिस्टमका साथ छेडछाड गरेको बताएको छ । यद्यपि, रिपब्लिक टीभीले प्रहरीको आरोप खण्डन गरेको छ ।

तर, यसबीचमा टीआरपी के हो र टेलिभिजनका लागि यो किन अहम् छ भन्ने प्रश्न उठेको छ ।

टीआरपी अर्थात टेलिभिजन रेटिङ प्वाइन्ट्स एक विशेष टुल हो । जसले कुन कार्यक्रम वा च्यानल टिभीमा सबैभन्दा बढी हेरिन्छ भन्ने कुराको आंकलन गर्दछ । यसले दर्शकको चाहना दर्शाउँछ । यसको सिधा सम्बन्ध टीभीमा प्रशारण गरिने कार्यक्रमसँग हुन्छ ।

यो रेटिङको फाइदा कम्पनीहरु र विज्ञापन एजेन्सीहरुले लिने गर्दछन् । किनकि यसका माध्यमबाट उनीहरुलाई विज्ञापन कुन टीभी कार्यक्रमका दौरान अधिक हेरिन्छ भन्ने तय गर्न सघाउ पु¥याउँदछ ।

अर्थात जुन कार्यक्रम वा टीभी च्यानल टीआरपी रेटिङमा सबैभन्दा अगाडि छ त्यो कार्यक्रम वा टीभी च्यानललाई बढी विज्ञापन मिल्छ, अधिक पैसा मिल्छ ।

कसले दिन्छ टेलिभिजन रेटिङ्स ?

सन २००८ मा टैम मिडिया रिसर्च (टैम) र अडियन्स मेजÞरमेन्ट एन्ड एनालिटिक्स लिमिटेड (एएमएपी) ले व्यवसायिक आधारमा टीआरपी रेटिङ्स दिने गर्दथे । भारतीय दूरसञ्चार नियामक (ट्राई) का अनुसार यी दुबै एजेन्सीहरुको काम मात्र केही ठूला सहरसम्म सिमित थिएन बरु अडियन्स मेजरमेन्टका लागि प्यानल साइज पनि सीमित थियो ।

सोही वर्ष ट्राईले यिनीहरुका लागि सूचना प्रसारण मन्त्रालयबाट इन्डस्ट्रीका प्रतिनिधिहरुको नेतृत्वमा स्व–नियमनका लागि ब्रोडकास्ट अडियन्स रिसर्च काउन्सिल (बार्क) को सिफारिश गरेको छ । त्यसपछि जुलाई २०१० मा बार्क अस्तित्वमा आयो । त्यसपद्धि पनि टेलिभिजन रेटिङ दिने काम टैमले जारी राख्यो भने एएमएपीले काम बन्द गरिदियो ।

यसबीचमा यो मुद्दामा चर्चाहरुको दौर जारी रह्यो । जनवरी २०१४ मा सरकारले टेलिभिजन रेटिङ एजेन्सीहरुका लागि पोलिसी गाइडलान्स जारी ग¥यो र त्यसैअनुरुप जुलाई २०१५ मा बार्कलाई भारतमा टेलिभिजन रेटिङ दिने मान्यता दिइयो । तर, टैमले सञ्चार मन्त्रालयमा यसका लागि रजिस्टर गरेको थिएन । उसले यो काम बन्द गरिसकेको थियो । त्यसपद्धि भारतमा टेलिभिजनलाई रेटिङ दिने बार्क एक्लो एजेन्सी बन्यो ।

बार्कमा इन्डस्ट्रीको प्रतिनिधिका रुपमा इन्डियन ब्रोडकास्टिङ फाउन्डेसन, इन्डियन सोसायटी अफ एडभर्टाइजर्स र एडभर्टाइजिङ एजेन्सी एसोसिएशन अफ इन्डिया सहभागी छन् ।

रेटिङ कसरी गरिन्छ ?

रेटिङ गर्न बार्कले दुई स्तरमा काम गर्दछ । पहिलो– घरहरुम टेलिभिजनमा के हेरिदैछ भनेर सर्वे गरिन्छ । त्यसका लागि टीभीमा विशेष प्रकारको मिटर लगाइएको हुन्छ । जसले टेलिभिजनमा हेरिने च्यानलको हिसाब राख्ने गर्दछ । दोस्रो– मानिसहरुले सबैभन्दा बढी के मन पराउँछन् भन्ने जान्नका लागि होटल–रेस्टुरेन्टमा लगाइएका टीभीमा कुन च्यानल र कुन कार्यक्रम चलाइन्छ भनेर डेटा (तथ्यांक) एकत्रित गरिन्छ ।

हाल ४४ हजार घरहरुबाट टीभी कार्यक्रमहरुको डेटा एकत्रित गरिन्छ । बार्कले २०२१ सम्म यसलाई बढाएर ५५ हजार गरिने लक्ष्य राखेको छ । एकत्रित गरिएको डेटाबाट गरिने अनुमानलाई हरेक साता जारी गरिन्छ ।

रेटिङको विज्ञापनसँगको साइनो

सरकारी तथ्यांकअनुसार भारत १.३ अर्ब मानिसहरुको देश हो । जहाँ घरहरुमा १९.५ करोडभन्दा बढी टेलिभिजन सेटहरु छन् । जानकारहरुका अनुसार यो एक ठूलो बजार हो । यसकारण मानिसहरुसम्म पुग्नका लागि विज्ञापन अत्यन्तै महत्वपूर्ण छ । एफआईससीआईको प्रतिवेदनअनुसार सन् २०१६ मा भारतीय टेलिभिजनको विज्ञापनबाट दुई सय ४३ अर्ब आम्दानी भयो । त्यस्तै सब्सक्रिप्शनबाट ९० अर्ब मिल्यो । यो आंकडा सन् २०२० सम्म बढेर विज्ञापनबाट तीन सय ६८ अर्ब र सब्सक्रिप्शनबाट एक सय २५ अर्बसम्म पुगिसकेको छ ।  


 

प्रतिकृया दिनुहोस
ad