site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
विराटनगरका दुई चर्चित होटेल सधैँका लागि बन्द
Sarbottam CementSarbottam Cement

विराटनगर । ४१ वर्षको इतिहास बोकेको विराटनगरको नमस्कार होटेल बन्द भएको छ । लकडाउनबाट सिर्जित समस्याबीच होटेलले आफ्नो सबै सेवा बन्द गर्ने घोषणा गर्दै बन्द भएको हो ।

यसअघि २०५५ सालमा स्थापना भएको विराटनगरको ठूलो मानिएको होटेल जेनियलले असार ११ गतेदेखि सबै सेवा बन्द गरिएको घोषणा गरेको थियो । तीन महिना नहुँदै नमस्कार होटेल पनि बन्द भएको हो । पर्यटकको कमी र पछिल्लो कोभिड १९ ले अर्थतन्त्रमा परेको नकारात्मक असरबीच विराटनगरका अन्य होटेलको सेवा र आयसमेत प्रभावित बन्‍न पुगेको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

नमस्कार होटेलका सञ्‍चालन युनेश श्रेष्ठले तत्काललाई होटेलले प्रदान गर्ने प्रमुख सेवा लजिङ र फुडिङ बन्द गरेको बताएका छन । नमस्कार होटेल सञ्‍चालनमा संलग्‍न उनी तेस्रो पुस्ताका व्यवसायी हुन । युवासमेत रहेका युनेश हस्पिटालिटी व्यवसायमा संलग्‍न छन् । नमस्कार होटेलअगाडि उनैले सञ्‍चालन गरेको भ्यालेन्टाइन क्याफेले दिने सेवा भने निरन्तर चल्ने युनेशले बताए ।

नमस्कार होटेल युनेशका हजुरबुबा राजकुमार श्रेष्ठले २०३७ सालमा स्थापना गरेका थिए । उनी निर्माण व्यवसायी पनि थिए । राजकुमारको निधनपछि होटेल छोराहरु युवराज र राजनले सञ्‍चालन गरेका थिए । पछि राजनले २०५१ सालदेखि विराटनगरकै रोडशेष चोकमा होटेल स्वागतम् सञ्‍चालन गरिरहेका छन् । राजन विराटनगरका कहलिएका व्यवसायी पनि हुन् । नमस्कार होटेल युवराजले सञ्‍चालन गर्दै आएकामा २०६९ मा निधन भएपछि उनका छोरा युनेशले निन्तरता दिएका थिए ।

Global Ime bank

यसअघि २०५५ सालमा स्थापना भएको विराटनगरको ठूलो मानिएको होटेल जेनियल बन्द भएको थियो । तीन महिना नहुँदै नमस्कारले पनि बन्दको घोषणा गरेको हो । होटेल सञ्चालक हरिभक्त सिटौलाले कोभिडको असरका कारण होटेल धरासायी भएकाले सञ्‍चालन गर्नुभन्दा बन्द गर्नु नै उपयुक्त लागेको बताएका थिए ।

अहिले होटेलको संरचना रेखदेखका लागि सुरक्षा गार्ड र सफाइ कर्मचारी मात्र राखिएका छन् । जेनियलमा ४८ वटा कोठा, ३ वटा कार्यक्रम हल, २ वटा मिटिङ हल, एउटा स्विमिङ पुल र दुईवटा रेस्टुरेन्ट थिए । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज १४, २०७७  १२:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC