site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
अमेरिकामा ब्रिओना टेलर मृत्यु प्रकरणमा भएको प्रदर्शनमा दुई प्रहरीमाथि गोली प्रहार 
Sarbottam CementSarbottam Cement

वाशिङ्टन । संयुक्त राज्य अमेरिकामा ब्रिओना टेलरको मृत्युका प्रकरणमा कुनै पनि प्रहरी अधिकारीलाई अभियोग नलगाउने बृहत जुरीको फैसलाविरुद्ध भएको प्रदर्शनमा दुई प्रहरीमाथि गोली प्रहार भएको छ ।

१३ मार्चमा २६ वर्षीया टेलरको घर खानतलासी गर्ने क्रममा उनलाई गएका तीन प्रहरी अधिकारीहरुले उनलाई धेरै पटक गोली हानी हत्या गरेका थिए । 

Prabhu Bank
Agni Group
NIC Asia

बृहत जुरीको फैसलापछि केन्टकी राज्यको लुइजिभिलामा हजारौं मानिसहरु प्रदर्शनका लागि सडकमा उत्रिएका थिए । बृहत जुरीले गरेको फैसला अनुसार एक प्रहरी अधिकारीमाथि टेलरका ब्वाइफ्रेन्डले गोली चलाएका थिए र आफ्नो बचाउका लागि प्रहरीले पनि गोली चलाएका थिए ।  अन्य दुई जनाको भूमिकाबारे अहिले निर्णय गरिएको छैन । 

प्रहरीको गोली लागेर मृत्यु भएकी टेलरका लागि न्यायको माग गर्दै प्रदर्शन भइरहेको छ । गोली प्रहार गर्ने प्रहरी अधिकारी ब्रेट हान्किन्सनमाथि अभियोग दर्ता भएको छ । अन्य दुईजनामाथि भने अभियोग दर्ता भएको छैन । 

Global Ime bank

प्रदर्शनको क्रममा गोली लागेका दुई प्रहरी अधिकारीको अवस्था खतरामुक्त रहेको लुइजभिलका प्रहरी प्रमुख रोबर्ट शोर्डरले बताएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । गोली प्रहार गरेको अभियोग लागेका व्यक्तिलाई नियन्त्रणमा लिइएको जनाइएको छ । 

लुइजभिलमा आपतकालीन अवस्था घोषणा गरिएको छ र नेशनल गार्ड तैनाथ गरिएको छ । मेयर ग्रेग फिशरले सहरमा तीन दिनका लागि कर्फ्यु जारी गरेका छन् ।

कर्फ्युको उल्लंघन गर्दै प्रदर्शनकारीहरु सडकमा जम्म भएका छन् । केन्टकीका गभर्नर एण्डी बेशरले प्रदर्शनकारीलाई घर फर्किन अपिल गरेका छन् । - बीबीसी

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज ८, २०७७  १५:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC