site stats
बाह्रखरी :: Baahrakhari
खेल
क्यानले खेलाडी आपतकालीन कोष सञ्‍चालन गर्ने 

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले खेलाडी आपतकालीन कोष सञ्‍चालन गर्ने भएको छ । खेलाडीको जोखिम न्यूनीकरणका लागि छुट्टै कोष सञ्‍चालन गर्ने क्यानका अध्यक्ष चतुर बहादुर चन्दले जानकारी दिएका छन् । 

विभिन्‍न समयमा क्रिकेट खेलाडीमा आइपर्ने जोखिम न्युनीकरण तथा भइपरी आउने घटनाको समाधानका लागि क्यानले आर्थिक कोष सञ्चालनको तयारी थालेको क्यानका अध्यक्ष चन्दले जानकारी दिए । उनले यसको व्यवस्थापनका लागि कोष सञ्चालनमा ल्याउने तयारीमा जुटिसकको बताए ।       

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“खेलाडीमा भइपरी आउने समस्याका लागि सहयोग गर्न क्यानसँग छुट्टै कोष छैन । यस्ता भइपरी आउने घटनामा खर्चका लागि बेग्लै कोष नहुँदा निकै सकस हुने गरेको छ,” क्यान अध्यक्ष चन्दले भने, “राष्ट्रिय क्रिकेटर ललितसिंह भण्डारी सवारी दुर्घटनामा घाइते भएपछि यस्तो कोषको आवश्यकता महसुस भएको छ ।”

उनले थपे, “खेलाडीका लागि छुट्टै राहत कोष भइदिएको भए अहिले भण्डारीको उपचारमा धेरै सहयोग पुग्ने थियो । उनको अहिले उपचार भइरहेको छ । क्यानले उनको उपचारमा सकेको आर्थिक सहयोग गर्नेछ ।”

प्रकाशित मिति: मंगलबार, भदौ ३०, २०७७  १८:३६
प्रतिक्रिया दिनुहोस्