site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
अफगान सरकार र तालिवानबीच दोहामा शान्ति वार्ता हुँदै
Ghorahi CementGhorahi Cement

रासस/एएनआई । अफगानिस्तानमा लामो समयदेखि जारी हिंसाको अन्त्य गरी दिगो शान्ति स्थापना गर्ने उद्देश्यले कतारको दोहामा वार्ता हुन लागेको छ । अफगानिस्तानको सरकारी वार्ता टोली र तालिबान समूहसँगको वार्ता टोली शनिबार हुने शान्ति वार्ता गर्नका लागि कतारको दोहा पुगिसकेको बताइएको छ । 

अफगानिस्तानमा जारी करिब दुई दशक लामो द्वन्द्वको अन्त्य गर्ने उद्देश्यले अमेरिकी मध्यस्थतामा तालिबान समूहसँग अफगानिस्तान सरकारले वार्ता गर्ने तयारी गरेको हो । तालिबान समूहले पनि एक उच्चस्तरीय प्रतिनिधिमण्डल अफगान सरकारसँग वार्ताका लागि कतारको दोहा पठाएको जानाएको छ । तालिबान र अफगान सरकारबीच अफगानिस्तानमा दिगो शान्ति स्थापनाका लागि वार्ता गर्ने अन्तिम तयारी भएको जनाइएको छ । 

पछिल्लो समयमा दुबैतर्फका कैदीहरूको आदानप्रदानको विवादका कारण केही ढिला गरी सो वार्ता शुरु हुन लागेको हो । गत मार्च महिनामा हुने भनिएको यो वार्ता यसै कारणले पछि धकेलिएको र शनिबारबाट शुरु हुने बताइएको हो । 

Agni Group

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानिस्तानको युद्ध अन्त्य गर्न र सेनालाई स्वदेश फिर्ता लिनको लागि तयार भएपछि यो वार्ताको वातावरण बनेको हो । उनले यसलाई आफ्नो महत्वपूर्ण नीतिका रुपमा प्राथमिकता दिँदै आएका छन् । 

त्यसैगरी सो वार्ताको मध्यस्थताका लागि अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ पनि कतार पुगेका छन् । उनले शुक्रबार कतारका लागि छुट्नुअघि अफगानिस्तान सरकार र तालिवानबीचको वार्ता अमेरिकाको सबैभन्दा लामो युद्ध अन्त्य गर्ने एउटा पहल भएको बताएका थिए ।  

Global Ime bank

गएको फेब्रुअरी महिनामा संयुक्तराज्य अमेरिकासँग सम्झौता हुनुअघि तालिबान समूहले अफगान सरकारसँग वार्ता नगर्ने अडान राखेकामा पछिल्ला केही हप्तामा तालिबान र अमेरिकी सरकारले तालिबानहरुका मागहरु सम्बोधन गरेपछि उनीहरु वार्ताका लागि तयार भएका हुन् । 

अफगान सरकारले वार्ताका लागि सरकारी र विपक्षी दलका प्रतिनिधिहरु समेत समावेश गरेर वार्ता टोली बनाएको छ । दुवै तर्फका वार्ता टोलीहरु दोहा पुगेका छन् । 

गएको फेब्रुअरी महिनामा तालिबान र संयुक्तराज्य अमेरिकाका बीचमा कतारको राजधानी दोहामा अफगानिस्तानमा शान्ति स्थापनाका लागि वार्ता गर्ने र त्यसको मध्यस्थता अमेरिकाले गर्ने सम्झौता भएको थियो । 

फाइल तस्बिर अलजजिरा

NIBLNIBL
प्रकाशित मिति: शनिबार, भदौ २७, २०७७  १३:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC