site stats
बाह्रखरी :: Baahrakhari
विदेश
 जापानमा हेसेन टाइफूनको चेतावनी, दुई लाखभन्दा बढीलाई ठाउँ खाली गर्न आदेश

टोकियो । जापानमा हेसेन टाइफून आउनसक्ने भन्दै दुई लाखभन्दा बढी मानिसहरुलाई ठाउँ खाली गर्न आदेश दिइएको छ । आइतबार १६० किलोमिटर प्रतिघण्टाको गतिमा आउने उक्त आँधीसँग भारी वर्षा हुनसक्ने बीबीसीले जनाएको छ । 

यो आँधी आइतबार जापानको क्युशुमामा आइपुग्‍ने र सोमबार दक्षिण कोरिया पुग्‍न जनाइएको छ । यस वर्षको ठूलो मेसाक टाइफूनको अर्को दिन हेसेन टाइफून आउन लागेको जनाइएको छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

आँधीको त्रासका कारण सयौं फ्लाइट र रेल सेवा रद्द गरिएको छ । यो आँधीबाट क्षति कम गर्न आइतबार नै जापान सरकारको आपतकालीन बैठक बस्‍ने भएको छ । 

जापानी मौसम पूर्वानुमान विभागले यो टाइफून गम्भीर नभए पनि स्थानीयहरुले अधिक सतर्कता अपनाउन आवश्यक रहेको जनाएको छ । मौसम पूर्वानुमान शाखाका निर्देशक योशीहिशा नाकामोटोले आँधीसँगैको वर्षाले तल्लो तटीय क्षेत्रमा बाढी आउनसक्ने चेतावनी दिएका छन् ।

सयौं हजार स्थानीयहरुलाई तोकिएका स्थानहरु विद्यालय र सामुदायिक केन्द्रहरुमा आश्रय लिन सुझाइएको छ । पश्‍चिमी सहर नाकासाकीको गोटोका करिब ३६ हजार स्थानीयलाई टाइफूनले प्रत्यक्ष असर गर्ने जनाइएको छ । 

केहीले कोरोना भाइरसको संक्रमणबाट जोगिन विद्यालय र सामुदायिक केन्द्रहरुमा नभई होटलमा बस्‍न निर्देशन दिएका छन् । - बीबीसी

प्रकाशित मिति: आइतबार, भदौ २१, २०७७  १५:३४
प्रतिक्रिया दिनुहोस्