site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
पोर्टल्यान्ड आन्दोलनमा गोली चलाउने व्यक्ति पक्राउ गर्ने क्रममा मारिए
Ghorahi CementGhorahi Cement

ओरेगन । संयुक्त राज्य अमेरिकाको प्रहरीले पोर्टल्यान्ड आन्दोलनका क्रममा भएको झडपमा गोली चलाउने व्यक्ति पक्राउ गर्ने क्रममा दाबी गरेको छ । 

यसअघि पोर्टल्यान्डमा 'ब्ल्याक लाइफ म्याटर्स' का प्रदर्शनकारी र राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकबीच भएको झडपमा गोली चलाउने ४० वर्षीय माइक रेनोहीमाथि अनुसन्धान भइरहेको थियो । 

Agni Group

उनले राष्ट्रपति ट्रम्पको समर्थनमा सडकमा आएका प्याट्रोइन प्रेयर ग्रुपका सदस्यसमेत रहेका आरोना डेनिलसनमाथि गोली चलाएका थिए । उनलाई बचाउने कोशिस गर्दा पनि बचाउन नसकिएको प्रहरीले जनाएको थियो । 

माइकललाई पक्राउ गर्ने क्रममा प्रहरीमाथि गोली चलाउन थालेपछि जवाफी कारबाहीका क्रममा मारिएको प्रहरीले बताएको छ । 

Global Ime bank

गत शनिबार पोर्टल्यान्डमा राष्ट्रपति ट्रम्पका समर्थक र जातीवादविरुद्धको आन्दोलनका क्रममा हिंसात्मक झडप भएको थियो । 

गत मे २५ मा अश्वेत नागरिक जर्ज फ्लोइडलाई एक प्रहरीले हत्या गरेपछि सुरु भएको आन्दोलन पोर्टल्यान्डमा रातिको समयमा निरन्तर प्रदर्शनहरु हुने भएका छन् । 

माइकलले यसअघि मिडियामा बोल्दै आफू र आफ्नो साथीमाथि छुरा प्रहार हुन लागेकोले आफूले गोली चलाएको बताएका थिए । उनले भनेका थिए, "मसँग अरु विकल्प थिएन । म त्यहाँ मेरो साथीमाथि आक्रमण भएको बसेर हेर्न सक्दैन थे । तर, म साँच्चै मार्न चाहँदैन थे । तर, एक्कासी गोली चल्यो ।" 

यसअघि आरोनको हत्या भएको विषयमा राष्ट्रपति ट्रम्पले ट्विट गर्दै भनेका थिए, "प्रहरीले किन आरोनको हत्यारालाई पक्राउ गरिरहेको छैन ? जय डेनियसन ।"  - बीबीसी

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ १९, २०७७  १५:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC