site stats
बाह्रखरी :: Baahrakhari
विदेश
सीमा विवाद : चीनले मस्कोमा भारतसँग वार्ताका लागि पहल थाल्यो

नयाँदिल्ली । पूर्वी लद्दाखमा जारी सैन्य तनावका बीच चीनका रक्षामन्त्री वेई फेंघेले भारतका रक्षामन्त्री राजनाथ सिंहसँग छलफलका लागि समय मागेका छन् ।

‘द इन्डियन एक्सप्रेस’ अखबारमा प्रकाशित समाचारअनुसार दुवै नेताहरु अहिले सांघाई सहयोग संगठन (एससीओ) को बैठकका लागि रुसको मस्कोमा छन् । अखबारले चिनियाँ रक्षामन्त्रीले शुक्रबारका लागि छलफल गर्ने पहल गरेको उल्लेख छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

अखबारले स्रोतलाई यद्धृत गर्दै गएराति नै भारतीय रक्षा मन्त्रालयले चिनियाँ रक्षामन्त्रीसँग छलफलका लागि अनुमति दिइसकेको छ । भारतले छलफलबाटै चीनसँग जारी सीमा विवाद समाधान गर्न सकिने अपेक्षा राखेको बीबीसीले जनाएको छ ।

मस्कोस्थित दुवै देशका दूतावासहरुले पनि आफूहरु शुक्रबार आ-आफ्ना रक्षामन्त्रीहरुको औपचारिक बैठकका लागि आपसमा सम्पर्कमा रहेको पुष्टि गरेका छन् ।

प्रकाशित मिति: शुक्रबार, भदौ १९, २०७७  १०:०८
प्रतिक्रिया दिनुहोस्