site stats
बाह्रखरी :: Baahrakhari
ब्लग
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
 श्रद्धाका पुञ्ज पितृदेव...

विश्वभर फैलिएको कोभिड–१९ का कारण सनानत धर्मावलम्बीहरूले मनाउने कतिपय पर्वहरू क्रमशः ताला लाग्ने स्थितिमा पुगेका छन् । प्रत्येक पर्वले ढोका ढक्ढक्याइरहेको छ तर मनाउने अवस्था छैन । घरभित्रै ठिँगुरिएर हरेक पर्वलाई स्वागत अनि बिदा गर्नुपर्ने बाध्यात्मक परिस्थिति बन्दै गइरहेको छ । साउने सङ्क्रान्ति, पन्ध्र साउन, जनैपूर्णिमा, गाईजात्रा, कृष्णष्टमीलगायत कुशे औँसीसमेत कोभिडकै मारमा परिरहेको छ । महिलाहरूको तीज पनि ओझेलमा पर्ने प्रायः निश्चितजस्तै देखिन्छ । 

कुशे औँसी सनातन परम्परामा भाद्र महिनाको औँसीका दिन मनाइने पर्व हो । कुशे औँसीमा बाबुको मुख हेरी मिष्ठान्न भोजन, नयाँ वस्त्र अनि दीर्घजीवनको कामना गरी मनाइन्छ । बाबुआमा दिवङ्गत भइसकेकाहरू तीर्थ गएर पितृ सम्मान स्वरूप पिण्ड दान गर्छन् । यस दिन तर्पण, दान, पुण्य, श्राद्ध गरी पितृमोक्षका लागि प्रार्थना गर्छन् । कुशे औसीँका दिन उखेलिने कुशलाई विभिन्न आनुष्ठानिक कार्यमा वर्षभर प्रयोग गरिन्छ । कुशविना पुण्य कर्म हुँदैन । कुशको विशेष आँैठी बनाई धारण नगरी कुनै कर्म सुरु गरिँदैन । यसकारण पनि पण्डितले आफ्ना यजमान कहाँ गएर वर्ष दिनलाई पुग्ने कुश छाडी आउने गर्छन् । औँसीका दिन पुरोहितबाट कुश ग्रहण गरेपछि उनीहरूलाई सिधा दान, दक्षिणा दिएर सम्मानपूर्वक यजमानहरूले बिदा गर्ने परम्परा गाउँले जीवनमा अझै पनि जीवन्त छ । यस दिनलाई पिता दिवस (बाबुको मुख हेर्ने दिन) भनेर पनि चिनिन्छ । 

पिता दिवसका दिन हिन्दु धर्मावलम्बीहरू वर्षभर देवकार्य तथा पितृकार्यमा अर्पण गर्नाका लागि कुश भित्र्याउने गर्छन् । कुशलाई भगवान् विष्णुको प्रतीक पनि मानिन्छ । यस दिन हिन्दुहरू कुश, तुलसी, पीपल र शालिग्रामलाई विष्णु भगवान् मान्दै विधिपूर्वक पूजाआजा गर्छन् । गाउँघरमा खाना नखाई कुटो, कोदालो, हँसिया, ढिकीजाँतो, खेतबारीमा गोडमेललगायत काम गर्न वर्जित गरिन्छ । औँसीका दिन गोरु नजोत्ने, खेतीपाती नगर्ने, खेतमा नजाने, गोडमेल नगर्ने परम्परा नेपालको पश्चिमी क्षेत्रका किसान परिवारमा विद्यमान छ । विशेषतः गण्डकी प्रदेशका धेरै जिल्लामा औँसीका दिन हल बार्ने चलन छ । 

Prabhu Bank
Agni Group
NIC Asia

जीवित बाबुआमाका लागि मिष्ठान्न परिकार बनाएर खुवाउने, टाढाटाढा रहेकाहरूले फोन सम्पर्क गरेर बाबुआमाको चाहनामुताबिक सामग्री खरिद गरी राख्ने र भेटेका दिन अर्पण गर्ने गरिन्छ । नेपालको उत्तरगया भनेर चिनिने ठाउँ गोकर्णेश्वर र रसुवाको वेत्रावतीमा सिधा दान गर्ने र ब्राहमणहरूलाई भोजन गराउनेहरूको भिड नै लाग्छ । ‘पितृदेवो भव’ भन्ने धार्मिक मान्यताअनुरूप यस दिन छोराछोरीले बाबुलाई श्रद्धापूर्वक रुचिअनुसारको खाना खुवाइ आशीर्वाद प्राप्त गरेमा सुख मिल्ने र बाबु परलोक भइसकेकाले गोकर्ण गएर पिण्ड दिँदा स्वर्गलोक पुग्छन् भन्ने जनविश्वास रहिआएको छ । यसैले कुशे औँसीका दिन काठमाडौंंको गोकर्णेश्वरमा बाबुआमा नहुनेहरूको ठूलो जमघट र भिड नै हुन्छ । यस दिन पितृमोक्षका लागि छोराहरू वा मृतककी पत्नीले पिण्डदान गरी पितृ तार्ने काम गर्छन् ।  यसपटक भने कोभिड–१९ का कारण यस किसिमका कर्म, दृश्य छायामा पर्ने निश्चितजस्तै छ ।

प्रत्येक वर्ष बाबुआमा दिवसका दिन मातृपितृको विशेष सम्झना गरिन्छ । भनिन्छ, बाबुआमा र गुरु देवता समान पुजिन्छ । यसैले पनि छुट्टाछुट्टै तरिकाले तिनै जनाको सम्झनामा कार्यक्रम गरी उत्सव मनाउने गरिएको हो । आमाको मुख हेर्ने दिनमा मातृ पूजा, गुरुपूर्णिमामा गुरुको पूजा अनि बाबुको सम्झनामा घरघरमा हर्षोल्लासका साथ पितृदिवस मनाउने गरिन्छ । आकाश र कर्मका देवताका रूपमा पुजिने बुबा ज्ञानका प्रतिविम्ब पनि हुन् । बाबुले नै कर्मको बाटोमा लाग्न उत्प्रे्ररित गरेका हुन् । बाबुको चौडा छाती गर्वले फुलाउनका लागि सन्तानले पनि सिर्जनाका आभाले मगमगाउन सक्नु वाञ्छनीय हुन्छ । 

Global Ime bank

बाबुले आफ्ना सन्तानका लागि दिनरात नभनी चौबीसै घन्टा जोतिए, खटिए । लालनपालन, भरणपोषण गरे । तिनै पिताको सम्झनामा एक दिन खुसी पार्ने काम हुँदै छ । तिनै बाबुका त्याग, तपस्या, समर्पण र बलिदानीपूर्ण भावले शिक्षादीक्षा प्राप्त गरिन्छ । आपूmलाई गौण ठानी सन्तानलाई सर्वोपरि ठान्ने बाबुले रोजीरोटीको बाटो देखाइ दिन्छन् । भगवान् खोज्दै भौँतारिनु पर्दैन ती त आफ्नै अगाडि उपस्थित छन् । पूज्य छन् । भगवान् तिनै हुन् जसले सृष्टिमा उपस्थित हुने मौका दिएका छन् । तिनै पिता हुन् आकाशजस्तै विशाल र अनन्त छाती भएका । भगवान्को खोजी गर्दै मठमन्दिर धाउनुभन्दा आफ्नै बाबुआमाको सेवा गरी पुण्य कमाउनुमा उत्तम हुन्छ । शिशु अवस्थादेखि दुःखकष्ट गरेर हुर्काएका छोराछोरीले वृद्धावस्थामा हेर्लान् नि भन्ने ठूलो आशा राखेका हुन्छन् । यही बेला अलिकति भने पनि पितृ ऋण तिर्न सक्नुपर्छ । यही पनलाई नेपाली संस्कृति, सनातनी हिन्दु परम्पराले बाँध्दै बढी जिम्मेवार बन्न उत्प्रेरित गरेको छ । बाबुको सम्पत्तिप्रति हक स्थापना गरिदिएको छ । त्यसैले पुस्तौं पुस्तालाई पुग्ने सम्पत्ति अग्रज पुस्ताले जोडी गर्वको अनुभूति गर्छन् ।

हामी मातापिताप्रति जिम्मेवार बन्दै गहनतालाई बुझ्न सक्नुपर्छ । उहाँहरूको हामीप्रतिको लगावलाई स्नेह र प्रेमभावले झ्याङ्गिन दिई आदर्शको बाटोमा लम्काउन सक्नुपर्छ । हरेक सम्प्रदायका आआफ्नै रीतिस्थिति हुन्छन् बाबुआमा सम्झने । चलनजस्तो सुकै भए पनि बाबुप्रतिको आदर, सत्कार र सामीप्यको गुणगान हरेकले गर्नै पर्छ । यस जगत्का सम्पूर्ण धर्म, संस्कृति र सम्प्रदायका मानिस बाबुप्रतिको श्रद्धाले झुक्नुपर्छ । हामी चेतनाले भरिएका विवेकशील, बाबुआमाका सर्वस्व, भौतिक धन, भावनात्मक प्रेम, जैविक गुण र सपनाका अंशहरूबाहेक अरु केही हुनै सक्दैनौ । हाम्रो शरीरको नसानसामा बगेको रगत, गडेको संस्कार र बुनेका सपनाहरू बाबुआमाको दृष्टिबाट अत्यन्तै निकट बनेर पोखिन सक्नुपर्छ । यिनै सपना र सम्भावनाका आयामहरूका पक्षपोषक, जीवनदाता, सृष्टिकर्ता, चराचर जगत्का सम्पूर्ण पितृदेवहरूलाई नमन । हरक्षण प्रार्थना र भक्तिगान पनि । 

युग उत्तरआधुनिकतातिर प्रवेश गरिरहेको छ । दिनानुदिन मानिसहरू व्यक्तिवादी स्वरूपमा रूपान्तरण हुँदैछन् । सन्तान दरसन्तान यान्त्रिक बन्न थालिरहेका छन् । कमाइको धमास लगाउँदै रबाफ देखाउँदै यान्त्रिक जीवन भोग्न थालिरहेका छन् । आधुनिकताको नक्कलले वृद्धवृद्धाहरूप्रति अपमान, निन्दा र यातना बढ्न थालेको छ । कार्यव्यस्तताको कारण र अन्य बहाना पारेर छोराछोरीले न्यानो स्पर्श दिनुको सट्टा जिउँदै नरकको ढोका याने कि वृद्धाश्रमको बाटो देखाउन थालेका छन् । उनै बाबुआमाले गुहुमुत, लालनपालन, शिक्षादीक्षा दिएर यो अवस्थासम्म ल्याइपु¥याए भन्ने कुरा बिर्सी आज तिनै आँखाको कसिङ्गर सरह बन्न पुगेका छन् । बाबुआमाको त्याग, तपस्या र बलिदानलाई धुलीमाटीमा विलीन गराइदिएका छन् । यस्ता पितृमातृभक्षी होइन, स्याहार कर्ता भएर असल सन्तानको परिचय दिऊँ ।

आमाबुवाको आत्मा खुसी भए संसार प्रदीप्त र सुखी हुुन्छ । आधुनिकताले गाँजेको कथित सभ्य समाजमा बाबुआमा उपेक्षित बन्नु दुर्भाग्य हो । भावी सन्ततिले त्यही कर्म सिक्छ र आपूm पनि त्यही चपेटाबाट उन्मुक्ति पाउन सकिन्न । अतः हामी पनि एक दिन बाबु र आमा हुन्छौँ । हामीले जेजे गर्र्छौँ त्यही कुराको नक्कल सन्तानले गर्छन् । पछिल्ला दिनहरूमा नयाँ पुस्ताहरूलाई पितृमोह जगाउन ज्येष्ठ नागरिकप्रति स्नेही भावना हुनुपर्छ । बाबुआमालाई माया गर्न कुनै संस्कार र संस्वृmति बाधक बनेको छैन । समय, धर्म र भूगोलले मायालाई छेकेर राख्न सक्दैन । अतः अवसरको खोजीमा संसारका जुनसुकै कुनामा गए पनि जन्मदाता मातृपितृलाई बिर्सनु हुँदैन । बिहान देवालय धाउनेले आप्mनै जन्मदाता, सृष्टिकर्ता आमाबाबुलाई कोटीकोटी प्रणाम गदैँ देवत्वकरण गर्न सक्नुपर्छ । देवता त्यतिबेला खुसी हुन्छन् जति बेला आफ्ना बाबुआमाको ओठमा मन्द मुस्कान देखिएको हुन्छ ।

मानिसले मानिसबाट नै सिकेको सामाजिकीकरण, सभ्यता र संस्कारलाई मानवविपरीत प्रयोग गरिनुहुँदैन । सांस्कारिक मोहमा फस्न सन्ततिको चाहना गरेका अग्रहरूप्रति श्रद्धाभावले झुक्नुपर्छ । असल बाबुका असल सन्तान भएर पोखिनुपर्छ । पछिल्लो पुस्ताका लागि मार्गदर्शक बनेर बल्नुुपर्छ । जसरी ब्राह्मण हिन्दु संस्कारमा भिजेका व्यक्तिहरूले नुहाउँदा, जप तप, स्नान, दान, पाठपूजा, पितृकार्य गर्दा हरेक क्षेत्रमा उपयोगी हुने कुशको महत्त्व जसरी बाबुआमाको पुज्यकर्ममा समाहित भई भगवान् ठानी गर्वले झुक्नुपर्छ । 

शास्त्रमै बाबुको मुख हेर्ने प्रथा भए पनि काठमाडौंमा यो चलन निकै पुरानो मानिन्छ । नेवारी समुदायबाट यसको उत्पत्ति भएको भन्न मिल्ने यो संस्कृति सञ्चार माध्यमका आधारमा नेपालभर फैलिएको छ । राम्रो संस्कारको सिको जो कोहीले गर्न सक्छ । यी संस्कारले पर्वको रूप धारण गरेर बोल्ने, सुनिदिने र सुखदुःखको अनुभव साँटासाँट गर्ने चाहना बाबुआमाहरूको चाहना पूरा गरिदिनुपर्छ । तिनै बानीबेहोरा सन्तान दरसन्तानमा सर्न पुगेको खण्डमा सनातनी हिन्दु परम्परा जीवन्त रहन सक्छ । असल बाबुका असल सन्तान बनी भावी पिँढीका लागि मार्गदर्शक बन्नु अहिलेको आवश्यकता हो । देखावटी रूपमा सामाजिक सञ्जालमा फोटो पोस्ट गरेर योग्य सन्तान बन्ने खोक्रे रूप प्रदर्शन मात्रै नगरौँ । यथार्थमा बाबुआमाको अनुहारमा खुसी ल्याएर असल सन्तानको परिचय दिऊँ । सच्चा हृदयले बाबुआमाप्रति श्रद्धाभाव समर्पण गरौँ । 

(भिमाद नपा.–१, तनहुँ)
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ ३, २०७७  १५:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC