site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
बेरुत विस्फोट : कति खतरनाक हुन्छ ‘अमोनियम नाइट्रेट’ ?
Sarbottam CementSarbottam Cement

एजेन्सी । लेबनानको राजधानी बेरुतमा भएको विशाल विस्फोटनबारे अहिले तीव्र अनुसन्धान भइरहेको छ । विस्फोटमा कम्तिमा १३७ को मृत्यु, पाँच हजार बढी घाइते अनि तीनलाख भन्दा बढी नागरिकहरु घरविहीन अवस्थामा पुगेका छन् ।  यसमा राष्ट्रपति माइकल अओनले असुरक्षित रुपमा स्टोर गरि राखिएको केमिकल ‘अमोनियम नाइट्रेट’ का कारण यो दुर्घटना भएको बताएका छन् । 

यसरी तीन अर्ब डलर भन्दा बढीको क्षति गराएको यो शक्तिशाली विस्फोटपछि ‘अमोनियम नाइट्रेट’ कतिसम्म खतरनाक हुन सक्छ भन्ने स्पष्ट भएको छ । हाल त्यहाँ दुई हप्ताका लागि राष्ट्रिय आपत्काल घोषणा गरिएको छ । 

अमोनियम नाइट्रेट एक औद्योगिक केमिकल हो जुन विश्वभर कृषिजन्य मल उत्पादनका लागि सामान्य मानिन्छ । तर त्यसबाहेक यो उत्खननका काममा विस्फोटन गराउनका लागि पनि प्रयोग हुने गरेको छ । जसकारण विगतमा यसलाई बमका रुपमा पनि धेरैपटक प्रयोग गरिएको छ । जस्तै १९९५ मा अमेरिकाको ओकलहामा शहरमा भएको बम विस्फोटन, त्यस्तै २००२ इन्डोनेशियाको बाली विस्फोट अनि २०११ मा नर्वेइयन आतङ्ककारी, बर्हिङ ब्रेइभिकले पनि यसकै प्रयोग गरि बम हमला गरेका थिए । 

Prabhu Bank
Agni Group
NIC Asia

तर लेबनानमा भने अहिलेसम्मको अनुसन्धानमा दुर्घटनावश् विस्फोटन भएको त्यहाँका अधिकारीहरुले बताएका छन् । बेरुत पोर्ट वेयरहाउसमा स्टोर गरिएको २ हजार ७५० मेट्रिक टन अमोनियम नाइट्रेट बिनाकुनै सुरक्षित व्यवस्थापन ६ वर्षदेखि त्यहीँ राखिएको प्रधानमन्त्री हसन दिआबले बताएका हुन् । 
तर सो केमिकल त्यति ठूलो स्तरमा विस्फोट हुनेगरी कसरी आगो लाग्यो भन्ने चाहिँ अझै स्पष्ट भएको छैन । 

किनकि अमोनियम नाइट्रेट आफैँमा सुरक्षित नै मानिन्छ तर तेल लगायत इन्धन वा अर्गानिक पदार्थहरु चाहिँ थोरै प्रतिशत मिसावट भए पनि अधिक खतरनाक साबित हुन सक्ने युनिभर्सिटी अफ न्यु साउथ वेल्सका प्रोफेसर रोजर डब्लु रिड बताउँछन् । उनले थप भने, “तातो वा आगोसँग थोरै पनि सम्पर्कमा आए पनि यसको भयानक परिणाम बेहोर्नुपर्ने हुन्छ । ”

Global Ime bank

अमोनियम नाइट्रेट आफैँ बल्ने वा आगो लाग्ने पदार्थ नभएको अर्का विज्ञ, प्रोफेसर स्टेवर्ट वाकरले पनि बताए ।

उनले भनेका छन्, “अहिलेसम्मको अवस्था हेर्दा अमोनियम नाइट्रेट बन्द कोठामा स्टक गरि राखिएको नजिक आगलागी भएको भन्ने जानकारी छ । त्यसैले यसमा सो केमिकल बन्द कोठामा राखिएको हुँदा त्यसले अत्यन्तै तातो ग्यास निकाल्न सक्छ । ठोस पदार्थको तुलनामा ग्यासले धेरै ठाउँ ओगट्ने भएकाले पनि तातो ग्यास बाहिर निस्कदा अधिक दबाबका कारण धेरै टाढा र माथि सम्म पुग्न सक्छ जसकै कारण धेरै ठूलो स्तरमा विस्फोटन हुने गर्दछ । र यसरी अचानक पड्कीदा त्यसले जमिनमा ठूलो झट्का वा कम्पन गराउने गर्दछ । ”

मंगलबार भएको विस्फोटका विभिन्न भिडियोहरु हेर्दा पनि पहिले आगलागी सुरु भएर खैरो धुँवा देखिएको छ र त्यसपछि विस्फोट हुने बेलामा चाहिँ अर्कै रातो रङ्को बाक्लो धुँवाको बादलबाट अचानक ठूलो विस्फोटन भएको देखिन्छ ।  त्यो रातो जस्तो देखिने धुँवा नै ‘नाइट्रस अक्साइट’ भएको बताइएको छ । नाइट्रस अक्साइड अमोनियम नाइट्रेटबाट उत्पादित अति विषाक्त ग्यास हो । 

यसरी तुलनात्मक रुपमा सजिलै र सस्तोमा पाइने भएकाले पनि अमोनियम नाइट्रेटका कारण ठुल्ठुला विस्फोटनका घटना हुँदै आएका छन् ।  जस्तै १९४७ मा अमेरिकाको टेक्सस शहरमा आगलागीपछि भएको विस्फोटनले एक हजार घर नष्ट पारेको थियो भने ४०० बढी मानिसको मृत्यु भएको थियो । त्यतिबेलाको विस्फोटनमा पनि करिब २ हजार ८७ मेट्रिक टन अमोनियम नाइट्रेट पड्किएको थियो । 

त्यसरी असुरक्षित र अव्यवस्थित रुपमा स्टोर गरि राखिएको अमोनियम नाइट्रेटले वास्तवमै अकल्पनीय क्षति गराउन सक्ने र कुनै पनि समय दुर्घटना हुने जोखिम हुन्छ ।  बेरुत दुर्घटनामा भने लेबनानको इतिहासलाई मध्यनजर राख्दै त्यसमा केही सैन्य विस्फोटक पदार्थ पनि हुन सक्ने शंका गरिएको छ । तरपनि हालसम्म यसलाई औद्योगिक दुर्घटना नै बताइएको छ । यसरी विगतका घटनाहरुका कारण पनि अमोनियम नाइट्रेटलाई सुरक्षित रुपमा स्टोर गर्ने केही विश्वस्तरीय मापदण्ड रहेका छन् । 

सबैभन्दा पहिले त त्यस प्रकारका विस्फोटनको जोखिम भएका केमिकल, ठूलो मात्रामा अनि घना वस्ती भएको क्षेत्रमा कहिल्यै राख्नु हुँदैन ।  त्यसैले पनि यो दुर्घटनामा यो विषयबारे गम्भीर अनुसन्धान जरुरी रहेको बताइएको छ ।  त्यस्तै यसलाई थोरै थोरै गरेर ससाना कन्टेनरमा एकअर्काबाट उल्लेखनीय दुरी बनाएर अनि कुनैपनि आगो लाग्ने वस्तुबाट धेरै टाढा राख्नुपर्छ । 

र प्रायः सबै देशका सरकारले सर्वसाधारणलाई अमोनियम नाइट्रेटको खरिद गर्न अनुमाति दिने गरेको छैन ।  यसअिघ नर्वेइयन आतङ्ककारीले भने उनको एउटा आफ्नै फार्म भएकाले मात्र सो केमिकल स्टक गरि राख्न पाएका थिए ।  त्यसैगरी ट्रक वा अन्य कुनै साधनमार्फत यसको ओसारपसार गर्दा पनि अधिक सावधानी अपनाउनुपर्ने हुन्छ । 

जस्तै अष्ट्रेलियाको क्वीन्स ल्यान्डस्थित २०१४ मा भएको एक दुर्घटनामा अमोनियम नाइट्रेट बोकेको ट्रक पल्टिदा एउटा पूरै पुल नष्ट भएको थियो ।  यो केमिकल विश्वमा सबैभन्दा बढी रुसले उत्पादन गर्ने गरेको छ । र बेरुत घटनामा स्टक गरि राखिएको अमोनियम नाइट्रेट पनि रुसी कन्टेनरमै भएको खबर गरिएको छ । – सीएनएन 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन २३, २०७७  ०७:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC