site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
पीएसजीलाई सिजनको तेस्रो उपाधि
Sarbottam CementSarbottam Cement

एजेन्सी । पेरिस सेन्ट जर्मेन (पीएसजी) सिजनको तेस्रो उपाधि उचालेको छ । शुक्रबार राति फ्रेन्च लिग कपको फाइनलमा लियोनलाई पराजित गर्दै पीएसजीले सिजनको तेस्रो उपाधि जितेको हो ।

निर्धारित समयमा खेल गोलरहित बराबरीमा रोकिएपछि खेल अतिरिक्त समयमा लम्विएको थियो । अतिरिक्त समयमा पनि दुबै टोलीबाट कुनै गोल नहुँदा खेल गोलरहित बराबरीमा सकिएको थियो । 

Prabhu Bank
Agni Group
NIC Asia

त्यसपछी खेलको निर्णय पेनाल्टी सुटआउटमा पुगेको थियो र पेनाल्टीमा पीएसजीले बाजी मार्यो । सडनडेथमा पीएसजीले लियोनलाई ६(५ ले पराजित गर्दै च्याम्पियन बनेको हो । फ्रेन्च लिग कपको उपाधि पीएसजीले यो नवौं पाटक जितेको हो ।

यसअघि अतिरिक्त समयको अन्तिम मिनेटमा लियोन १० खेलाडीमा समेटिएको थियो । खेलको ११९औं मिनेटमा एन्जल डि मारियामाथि फल गरेपछि रेफ्रीले लियोनका राफयललाई सिधै रातो कार्ड देखाउँदै मैदानबाट बाहिर पठाएका थिए । 

Global Ime bank

पीएसजीले यसअघि फ्रेन्च लिग वान र कप डि फ्रान्सको उपाधि जितेको थियो । त्यस्तै सिजनको तेस्रो उपाधिको रुपमा फ्रेन्च लिग कप जितेसँगै अब पीएसजीले च्याम्पियन्स लिगमा प्रतिस्पर्धा गर्दैछ । पीएसजीले च्याम्पियन्स लिगको क्वाटरफाइनलमा इटालियन क्लब एटलान्टाको सामना गर्दैछ ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, साउन १७, २०७७  ०८:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC