site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
सामुदायिक विद्यालयमा आईटी कक्ष

विराटनगर । झापाको भद्रपुर नगरपालिका वडा नम्बर १ स्थित हिमाली माध्यमिक विद्यालयमा सूचना प्रविधिसहितको शिक्षण कक्ष उद्घाटन भएको छ । 

सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउने उद्देश्यसाथ प्रदेश १ सरकारले ‘विधालय शिक्षामा शैक्षिक गुणस्तर अभियान’ अन्र्तगत सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउन सहयोग गर्दै आएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

कार्यक्रमअन्तर्गत झापाको हिमाली माध्यमिक विधालयमा  सूचना र प्रविधि सामग्रीसहितको कक्षको सोमबार प्रदेश सांसद बसन्त बानियाद्वारा उद्घान गरिएको हो । 

बानियाँका अनुसार प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको १३ लाख सहयोगमा उक्त सूचना प्रविधि कक्षमा  दुई वटा स्मार्ट टिभी,चार वटा सीसी क्यामेरा, दुई वटा इन्टरएक्टिभ बोर्ड, २० थान कम्प्युटर,  एकमोनिटर, पावर ब्याकअप र इन्टरनेट जडान गरिएको छ । 

विद्यालयका प्रधानाध्यापक राजन सुवेदीले प्रविधिसहितको सुविधा उपलब्ध हुँदा सामुदायिक विद्यालयका विद्यार्थीले अझ मेहनत गर्न सक्ने र लक्ष्यअनुरुपको शैक्षिक नतिजा दिन सक्ने बताए । 

त्यस अवसरमा प्रदेश सांसद बानियाँले सरकारले प्रदेश १ का सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउँदै लैजाने नीतिअनुरुप काम अघि बढेको बताए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विमल श्रेष्ठले सामुदायिक विद्यालयले भौतिक पूर्वाधारको उचित प्रयोगलाई धयान दिने जनाए ।
 

प्रकाशित मिति: सोमबार, साउन ५, २०७७  १८:३८
प्रतिक्रिया दिनुहोस्