site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
लकडाउनपछि घरको बजार बढ्ने छ

कोरोना रोकथामका लागि हामीसँग भएको तीनवटा मात्रै विकल्प हो । पहिलो कोरोनाको भ्याक्सिन, दोस्रो कोरोनाको औषधि र तेस्रो विकल्प भनेको भ्याक्सिन र औषधि पत्ता नलाग्दासम्म कसरी सुरक्षित हुने भन्ने नै हो ।  सामाजिक दुरी कायम गर्ने नै हो । संक्रमणबाट कसरी बचेर काम गर्ने भन्ने नै हो । मैले कोभिडलाई ‘नो भीड’ भन्ने गरेको छु । अब नोभिडको कन्सेप्टमै हामी अगाडि जानुपर्छ । 

संसारमा लकडाउन समयपछि नेपाल नै पहिलो देश होला सायद ५१ औं दिनसम्म पनि कोरोना संक्रमित भएकामध्ये एक जनाको पनि मृत्यु भएको हामीले भन्नु परेन ।  लामो समयसम्म नेपाल सुरक्षित छ भनेर बाहिरका धेरै मान्छे विमान नै चार्टर गरेर नेपाल आउन खोजेका थिए । त्यो भनेको हाम्रा लागि एड्भान्टेज हो जस्तो लाग्छ ।

अहिलेको समयमा सबैभन्दा चाहिने भनेको घर नै रहेछ । बैंकमा भएको पैसाको खास प्रयोग छैन, सेयरहरुको कुनै भ्यालु छैन, मसँग भएको गाडीको प्रयोग नै छैन । सुनको कुनै महत्व नै छैन, संसारमा जबजब कठिन समय आउँछ, त्यस बेला सबैभन्दा बढी महत्वपूर्ण भनेको घर नै हुने रहेछ । मान्छेको सबैभन्दा सुरक्षित र लगानी भनेको घर नै रहेछ भन्ने मान्छेले बुझे । 

लकडाउनको समयमा घरलाई कसरी मान्छेहरुले हेरिरहेका छन् त भनेर हामीले एउटा सर्वेक्षण नै गर्यौं । काठमाडौं उपत्यका गरिएको त्यो सर्वेक्षणले काठमाडौं उपत्यकाभित्रै पनि रिङरोड भित्रै बस्न चाहनेहरु देखियो ।  १६ प्रतिशतले अहिले जहाँ बसिरहेको छ त्यहीँ ठीक भनेका छन्, अरु घर परिवर्तन गर्न खोजेको देखिएको छ । 
चार आनासम्मको जग्गामा घर बनाउन चाहनेहरुको संख्या ३१ प्रतिशत देखिन्छ भने ४ देखि ८ आनासम्मको जग्गामा घर बनाउन खोज्नेहरु ४० प्रतिशत माथि रहेको देखिएको छ । 

१ करोड रुपैयाँसम्मको घर खोज्नेहरुको संख्या निकै उच्च देखियो । घर आफैले बनाउने भन्ने संख्या थोरै देखियो ।  यसले मान्छेलाई घर महत्वपूर्ण रहेछ भन्ने देखाएको छ । लकडाउनपछि घरको बजार बढ्ने देखिएको छ ।  विदेशमा बस्ने नेपालीहरुले पनि अहिले मातृभूमि नै ठुलो रहेछ, नेपाल नै फर्कनु पर्ने रहेछ भन्ने सोच्न थालेका छन् । 

विदेशमा बसे पनि नेपालमा एउटा घर त हुनुपर्ने रहेछ भन्ने पनि धेरै सोच विदेशमा रहेका धेरै नेपालीहरुमा  आएको छ ।  त्यो भनेको हाम्रो देशको अर्थतन्त्रमा ठुलो योगदान हुन सक्छ । त्यसरी बैंकिङ माध्यमबाट पैसा आयो भने त्यसले अर्थतन्त्रमा पनि योगदान दिन्छ र त्यसरी नेपालमा घर जग्गा जोड्न खोज्नेहरुलाई स्वागत पनि राज्यले गर्नुपर्छ । 

पूर्वाधारमा सीप भएकालाई नयाँ अवसर
रोजगारीका लागि विदेश गएका नेपालीहरु नेपाल फर्कने हो भने त्यो देशका लागि ठुलो सम्पत्ति हुन्छ ।  मध्यपूर्वी देशमा रोजगारीमा रहेका सीपयुक्त कामदारहरु हाम्रो देशको लागि ठुलो सम्पत्ति हो ।  किनभने कतार, दुबई, साउदी जहाँ गए पनि त्यहाँको जति पनि राम्रो पूर्वाधार बनेका छन्, त्यो होटल, घर बनाउनेहरुमा नेपालीहरुको संलग्नता छ । 

त्यसैले उनीहरु निर्माण क्षेत्रका कामदार नै हुन् । रोजगारीका गएकामध्ये ७० प्रतिशतसम्म निर्माण क्षेत्रमा नै गएका छन् ।  जो मान्छेहरुको सीप अन्तर्राष्टिय स्तरको सीप जानिसकेकाहरु छन्, उनीहरुसँग त्यो क्षमता पनि छ । उनीहरुलाई स्वदेश आउनासाथै पहिलो दिनदेखि नै रोजगारीको अवसर हुन्छ । 
नेपालबाट भारतमा मात्रै ३ खर्ब रुपैयाँ रेमिट्यान्स भएर जान्छ ।

हामीकहाँ ७–८ खर्ब रमिट्यान्सबाट आउँछ ।  नेपाल सातौं मुलुक रहेछ, भारतमा रेमिट्यान्स भित्र्याउने । खाडी मुलुकबाट नेपाली सीपयुक्त जनशक्ति आउनासाथ नै त्यो ठाउँमा हाम्रो मान्छेले रोजगारी पाउने भए नी । 

ठुला निर्माण तिहार, छठपछि मात्र

नेपालमा भइरहेका ठुला परियोजना चाहेर पनि तिहार, छठ नसकिदासम्म सुरु हुने देखिँदैन । किनभने परियोजनाका लागि एउटा कम्पोनन्ट मिलेर मात्रै हुँदैन, धेरै कम्पोनेन्ट मिल्नुपर्छ, अहिले काभिडको समस्याको कारणले गर्दा त्यो सम्भव छैन ।  यो क्षेत्रले रोजगारी दिने, घर बनाउन सिमेन्टको प्रयोग हुने भएकाले सिमेन्टको खपत बढ्ने हुँदा सिमेन्ट, इटा, डन्डी, बैंकहरुलाई नयाँ परियोजनामा फन्डिङ गर्न पनि सहयोग पुर्याउँछ । यो व्यवसायका कारण धेरै व्यवसाय चल्नेछन् । केही न केही रुपले अर्थतन्त्रलाई चलायमान बनाउने छ ।  

कमर्सियल रियल स्टेट जोखिममा

कोरानोपछि नेपालको जग्गाको कारोबार के हुन्छ भन्ने विषयमा लकडाउन खुलिसकेपछि मात्रै थाहाँ हुन्छ, अहिले थाहा हुँदैन । अहिले जोखिम भने कमर्सियल रियल स्टेटमा हुन्छ ।  सपिङ मल, रिटेल, अफिस स्पेसेस्मा केही समयका लागि तत्काल असर पर्छ ।  तर, रेसिडेन्सीयल रियल स्टेटमा असर पर्दैन । अहिलेको बेलामा सुःख, सुविधालाई हेर्ने हो भने आवासिय रियल स्टेटको बजार उच्च हुन्छ । त्यसैमा लगानीको सन्दर्भबाट हेर्ने हो भने कोरोना भाइरस अगाडि मान्छेको खर्च धेरैमा बाँडिन्थ्यो । 

अहिले अनावश्यक खर्चहरु सबै रोकियो । धेरै समय घरमा बस्ने भएपछि घरमा नै लगानी बढाउने भए । 

घरलाई हामीले विदेशीले जस्तो सामानको रुपमा हेर्दैनौं, सम्पत्तिको रुपमा हेर्छौ । त्यसैले अहिलेको बेलासम्म यो क्षेत्रका लागि राम्रो हुन्छ र अर्थतन्त्रका लागि पनि राम्रो गर्छ । देशको धेरै क्षेत्र प्रभावित भएको छ । देशको अर्थतन्त्रलाई चलायमान बनाउन यो क्षेत्रले सहयोग गर्छ । 

विदेशीलाई अपार्टमेन्ट

संसारभरी विदेशीले अपार्टमेन्ट किन्न पाउने भन्ने व्यवस्था छ । हाम्रोमा पनि दुई पटकसम्म बजेटमै घोषणा भएको छ । २ लाख डलरसम्मको अपार्टमेन्ट विदेशीले किन्न पाउने र पाँच वर्षसम्म विक्री गर्न नपाउने भनेको छ ।  हामीले नयाँ नीति नै बनाउनु पर्दैन, भएका नीति कार्यान्वयन गरिदिए मात्रै पनि हुन्छ । 
विदेशमा बस्ने नेपालीहरुलाई राज्यले बोलाउनु पर्यो । त्यसले राज्यलाई नै फाइदा गर्छ । विदेशमा बस्नेले नेपालमा घर किन्दा राजस्वमा केही प्रतिशत छुट दिनुपर्छ । 

त्यसले सरकारको राजस्व पनि घट्दैन र विदेशमा बस्नेहरुलाई पनि आकर्षित गरेको देखिन्छ । विदेशमा कमाएर ल्याएर नेपालमा कर्म गर्ने ठाउँ बनाउन राज्यले पनि सहयोग गर्नुपर्छ ।  अपार्टमेन्ट खरिद गर्न मात्रै होइन प्रत्यक्ष वैदेशिक लगानी पनि ल्याउन सक्ने र नाफा लैजान पाउने व्यवस्था गरिदिनुपर्छ । यसका लागि छुट्टै नीति बनाइराख्नु पनि पर्दैन । नीति छ, भएको नीति कार्यान्वयन मात्रै गरिदिए हुन्छ । 
 

प्रकाशित मिति: आइतबार, जेठ ११, २०७७  १०:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro