site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
 संविधान संशोधनको प्रस्ताव संसद्‍मा  लैजाने निर्णय
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । सरकारले संविधान संशोधनको प्रस्ताव संसदमा लैजाने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको एक नेताले बताए । नेपालले नयाँ नक्सा सार्वजनिक गरेपछि संविधानमा रहेको निशानछापभित्रको नक्सा परिवर्तनका लागि संविधान संशोधन आवश्यक पर्छ ।

संविधान संशोधन संसदको दुई तिहाइले पारित गर्नुपर्ने हुन्छ । सरकारले ल्याएको नयाँ नक्सा कार्यान्वयनका लागि संविधानमा रहेको निशान छापभित्रको नक्सा परिवर्तन गर्न संविधान संशोधन गर्नुपर्ने भएकाले संविधान संशोधन प्रस्ताव संसदमा लैजाने निर्णय भएको ती मन्त्रीले जानकारी दिए ।

सरकारले ल्याएको नयाँ नक्सा बुधबार सार्वजनिक पनि भइसकेको छ । जसमा भारतले आफ्नो बनाएको नेपाली भूभाग लिम्पियाधुरा, लिपुलेक र कालापानी समावेश गरिएको छ ।
 

प्रकाशित मिति: शुक्रबार, जेठ ९, २०७७  १२:१९
प्रतिक्रिया दिनुहोस्