site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
भीटीएम किट आएपछि थप तीन स्थानमा स्वाब सङ्कलन
Sarbottam CementSarbottam Cement

सप्तरी । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भिटिएमसहित प्राविधिक स्वास्थ्यकर्मी पठाएपछि आज सप्तरीको जोखिमयुक्त तीन स्थानमा स्वाब सङ्कलन हुने भएको छ । भिटिएम आएपछि सङ्क्रमित फेला पर्न सक्ने सम्भावित बोदे बर्साइन, सुरुङ्गा र सप्तकोशी नगरपालिकामा पिसिआर विधिबाट परीक्षण गर्न स्वाब सङ्कलन हुने भएको हो । 

स्वास्थ्य मन्त्रालय स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, टेकुले ३२० भिटिएमसहित प्राविधिक स्वास्थ्यकर्मी सप्तरी पठाएको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।  महाशाखाका फणीन्द्र ज्ञवालीले  बोदे बर्साइन –५ जाँजर, सुरुङ्गा नगरपालिका–११ अरहा भजक्का र सप्तकोशी नगरपालिका–१ फत्तेपुरमा केन्द्र स्थापना गरी स्वाब सङ्कलन गरिने बताए । स्वाब सङ्कलन गरी परीक्षणका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइने जनाइएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

स्वाब सङ्कलनमा खटिनुअघि गजेन्द्रनारायणसिंह अस्पताल राजविराजका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा चुमनलाल दास, स्वास्थ्य कार्यालयका निमित्त प्रमुख दुनियालाल यादव र  विश्व स्वास्थ्य सङ्गठनका किरण खड्काको उपस्थितिमा अस्पताल, स्वास्थ्य कार्यालय र पूर्व क्षेत्रीय प्रहरी अस्पताल, रुपनीका प्राविधिक स्वास्थ्यकर्मीले सुरक्षित साथ स्वाब सङ्कलनको प्रक्रियाबारे नमूना परीक्षण र अभ्यास गरेका छन् ।

उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केमा फेला परेका सङ्क्रमित सप्तरीको कञ्चनरूप नगरपालिका–२ बरमझिया, वडा नं १२ चर्खिया र सप्तकोशी नगरपालिका–१ फत्तेपुरस्थित मस्जिदमा बसेर गएको पत्ता लागेपछि सो क्षेत्रमा तीव्र रूपमा आरडिटी  गरिए पनि स्वाब परीक्षण हुन सकेको थिएन । रासस

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख १३, २०७७  १४:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC