site stats
बाह्रखरी :: Baahrakhari
देश
मुख्यमन्त्री राउतद्वारा रमजान पर्वको शुभकामना
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

जनकपुरधाम । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले इस्लाम धर्मालम्बीहरुको पवित्र पर्व रमजानको अवसरमा सबैमा सुख, शान्ति एवं समृद्धिको शुभकामना व्यक्त गरेका  छन् ।

     
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयद्वारा आज यहाँ जारी  विज्ञप्तिमा भनिएको छ, “यस पर्वले बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विविधतायुक्त हाम्रो समाजलाई एकताको सूत्रमा आबद्ध गरी धार्मिक सहिष्णुता र सद्भाव कायम गर्ने छ ।”

उनले विश्व अहिले कोरोना चपेटामा रहेको र सरकारले महामारी नियन्त्रणका लागि लकडाउनसमेत गरेको हुँदा सम्पूर्ण इस्लाम धर्मालम्बीहरुलाई घरमै नमाज पढ्न र भीडभाड नगर्न आग्रह गरेका छन् । रासस

प्रकाशित मिति: शनिबार, वैशाख १३, २०७७  १२:४६
प्रतिक्रिया दिनुहोस्