site stats
बाह्रखरी :: Baahrakhari
देश
 थप ८ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ४०

काठमाडौं । उदयपुरको त्रियुगा नगरपालिका-३ भुल्केमा कोरोना आशंका गरिएका आठैजनामा भाइरसको संक्रमण भएको पुष्टि गरिएको छ । 

स्रोतका अनुसार कोशी अस्पतालको ल्याबमा गरिएको परीक्षण गर्दा पोजेटिभ देखिएपछि थप पुष्टि गर्न विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको थियो । त्यहाँ परीक्षण गर्दा आठै जनामा कोरोना संक्रमण भएको पुष्टि गरिएको स्वास्थ्य मन्त्रालय स्रोतले जनाएको छ । उनीहरु आठैजना पुरुष रहेको बताइएको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

स्वास्थ्य मन्त्रालयले एक जनाको यसअघि नै संक्रमित पुष्टि गरेको थियो ।

हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या ४० पुगेको छ । जसमध्ये पाँच जनालाई उपचारपछि डिस्चार्ज गरिएका छन् ।

प्रकाशित मिति: मंगलबार, वैशाख ९, २०७७  १८:३९
प्रतिक्रिया दिनुहोस्