site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
नेपालमा कोरोना संक्रमितको संख्या ३२ पुग्यो
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या ३२ पुगेको छ । उदयपुरका एकजनामा मंगलबार कोरोना पोजेटिभ देखिएसँगै नेपालमा संक्रमितको संख्या ३२ पुगेको हो ।

उदयपुरबाट संकलन गरिएको स्वाब नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोशाला टेकुमा परीक्षण गर्दा पोजेटिभ देखिएको हो । उदयपुरका ३३ वर्षीय पुरुषमा संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले आज भएको नियमित पत्रकार सम्मेलनमा बताए । 

Prabhu Bank
Agni Group
NIC Asia

उदयपुरबाट सोमबार १ सयसहित ३ सय २० नमुना पीसीआर परीक्षणका लागि संकलन भएका छन् । यसैगरी वीरगन्जबाट २ सय २१ जनाको नमुना संकलन भएर परीक्षणका क्रममा रहेको प्रवक्ता देवकोटाले बताए । 

ती नमुनाहरूको टेकु, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र कोसी अस्पतालमा परीक्षण भइरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको टोली वीरगन्जलाई लक्षित गरी ट्रेसिङ र टेस्टिङका लागि त्यहाँ पुगिसकेको छ । चार संक्रमति उपचारपछि निको भएर घर फर्किसकेका छन् भने २८ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

Global Ime bank

अहिलेसम्म ३६ हजार ७ सय १९ नमुना परीक्षण भएका छन् । पीसीआर र आरडीटी विधिबाट सो परीमाणमा परीक्षण भएको मन्त्रालयले जनाएको छ । प्रवक्ता देवकोटाका अनुसार पीसीआर विधिबाट हालसम्म ८ हजार ७ सय ६३ नमुना परीक्षण भएका छन् । पछिल्लो २४ घण्टामा ३ सय ३३ परीक्षण भएका छन् । 

यसैगरी आरडीटी विधिबाट अहिलेसम्म २७ हजार ९ सय ५६ र २४ पछिल्लो घण्टामा २ हजार ८ सय ८ परीक्षण भएका छन् । अहिलेसम्म दुवै विधिबाट गरी जम्मा ३६ हजार ७ सय १९ परीक्षण भएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आरडीटी विधिबाट २ हजार ६ सय २०, प्रदेश २ मा ३ हजार ५ सय ९८ र वागमती प्रदेशमा ५ हजार १ सय ५७ नमुना परीक्षण भएका छन् । यस्तै गण्डकी प्रदेशमा ४ हजार १ सय ८३, प्रदेश ५ मा २ हजार ४ सय ८३ कर्णाली प्रदेशमा ३ हजार ७ सय ३८ र सुदूरपश्चिममा ६ हजार १ सय ७७ परीक्षण भएको प्रवक्ता देवकोटाले बताए ।
अहिले देशैभर क्वारेन्टाइनमा ७ हजार ६७ जना छन् । उपत्यकामा ६ र उपत्यका बाहिर १ सय १ गरी १ सय ७ जना आइसोलेसनमा छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख ९, २०७७  १७:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC