site stats
बाह्रखरी :: Baahrakhari
देश
करेन्ट लागेर दुईको मृत्यु

धादिङ । विद्युतको ट्रान्समिटर पड्किएर करेन्ट लाग्दा दुई जनाको मृत्यु भएको छ ।

थाक्रे गाउँपालिका ३ मा विद्युतको ट्रान्समिटर पड्किएर करेन्ट लाग्दा २ जनाको गएराति मृत्यु भएको हो । प्रहरीका अनुसार मृत्यु हुनेमा २३ वर्षीय सागर अर्याल र ४५ वर्षीय सानोमान तामाङ छन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

ट्रान्समिटर पड्किएर हाई भोल्टेज आएकाले आ–आफ्नै घरमा बत्ती बाल्न लाग्दा करेन्ट लागेर सख्त घाइते भएका उनीहरूको प्राथमिक स्वास्थ्य केन्द्र गजुरीमा उपचारका क्रममा मृत्यु भएको हो ।

घाइते भएका सोही ठाउँ बस्ने २४ वर्षीय रूपक अर्याललाई सोही स्वास्थ केन्द्र हुँदै थप उपचारका लागि बर्न अस्पताल कीर्तिपुर लगिएको र अन्य ३ जना उपचारपछि घर फर्किएको प्रहरीले जनाएको छ । 
प्रतिकात्मक तस्बिर ।

प्रकाशित मिति: मंगलबार, वैशाख ९, २०७७  १४:०८
प्रतिक्रिया दिनुहोस्