site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
'सरकारले संसदीय लोकतन्त्रको मूल्यलाई क्षतिविक्षत बनायो'
Sarbottam CementSarbottam Cement

काठमाडौं । सरकारले ल्याएको संवैधानिक परिषद्को काम, कर्तव्य, अधिकार र कार्यविधिसम्बन्धी पहिलो संशोधन अध्यादेश विवादस्पद भएको भन्दै चौतर्फी आलोचना भइरहेको छ ।

मानव अधिकार तथा शान्ति समाजले सोमबार एक विज्ञप्ति जारी गर्दै कोभिड-१९ को त्रासदीका कारण देशमा लकडाउनमा भएको बेला सरकारले विवादास्पद प्रावधानसहित अध्यादेश ल्याएर संसदीय लोकतन्त्रको मूल्य र मान्यतालाई क्षतविक्षत बनाएको जनाएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

विज्ञप्तिमा भनिएको छ, " संकटको यो अवस्थामा यस्तो अध्यादेश ल्याउनुपर्ने औचित्य सिद्ध हुन सक्दैन । संवैधानिक परिषद्को गणपुरक संख्या घटाउने प्रावधान अध्यादेशमा निहित रहेको हो भने सरकार संसदीय लोकतन्त्रको मूल्य र मान्यतालाई क्षत विक्षत बनाउन खोज्दै छ ।"

यसैगरी वर्तमान संवेदनशिल अवस्थामा राजनीतिक दल सम्बन्धी ऐन संशोधनको लागि अध्यादेश ल्याउने प्रस्ताव दुर्भाग्यपुर्ण भएको पनि समाजले जनाएको छ । यस्ता कदमले सरकारले संयम गुमाएको र संवेदनहीन देखिएको धारणा मानव अधिकार तथा शान्ति समाजको छ ।

Global Ime bank

संकटको बेला नागरिकको जीवन रक्षाका विषयमा अधिकतम केन्द्रित हुनुपर्नेमा विषयान्तर भएर सरकारले गरेको यस्तो लोकतन्त्रको मर्म विरोधी क्रियाकलापको शान्ति समाजले निन्दा गरेको छ । साथै प्रगितमन उन्मुख कुनै पनि कृत्यको विरोधमा एकजुट हुन पनि समाजले आह्वानसमेत गरेको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख ८, २०७७  १९:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC