site stats
बाह्रखरी :: Baahrakhari
देश
नियमित खोप कार्यक्रम सञ्चालन हुने

काठमाडौ‌ं । सरकारले कोरोना भाइरस (कोभिड–१९) का कारण स्थगित नियमित खोप कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको स्वास्थ्य सेवा विभागले कोरोना भाइरस (कोभिड १९) का कारण स्थगित नियमित खोप सेवा सञ्चालन गर्न सातै प्रदेशका स्वास्थ्य निर्देशनालयलाई अनुरोध गरेको छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

सातै प्रदेशका प्रदेश स्वास्थ्य निर्देशनालय, स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र र स्वास्थ्य कार्यालयलाई परिपत्र गर्दै नियमित खोप सेवा सञ्चालन गर्ने व्यवस्था गर्न भनिएकोे विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले बताए । 

उनले भने, “लकडाउनको अवस्थामा नियमित खोप सेवा प्रभावित भएकाले खोप सेवा सञ्चालनको मार्गदर्शन अनुसार नै नियमित खोप कार्यक्रम सुचारु गर्ने व्यवस्था गर्न सातै प्रदेशका निर्देशनालय, सातै प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र र स्वास्थ्य कार्यालयहरूलाई अनुरोध छ ।”

सरकारले ‘कोभिड–१९ महामारी सम्बन्धमा कोभिड तथा अन्य स्वास्थ्य सेवा प्रवाहका लागि अन्तरिम निर्देशिका २०७६’ जारी गरेको थियो ।


 

प्रकाशित मिति: सोमबार, वैशाख ८, २०७७  १८:०५
प्रतिक्रिया दिनुहोस्