site stats
बाह्रखरी :: Baahrakhari
देश
घोराही उपमहानगरपालिकाले २ सय यात्रुलाई गन्तव्यसम्म पठायो 

दाङ । घोराही उपमहानगरपालिकाले नगर क्षेत्रमा आएका झण्डै २ सय पैदलयात्रुलाई बसको व्यवस्था गरेर गन्तव्यमा पठाएको छ ।

घोराही ३ कुइरेपानीस्थित स्वास्थ्य जाँच सहायता केन्द्रमा आइपुगेका विभिन्न जिल्लाका ती पैदलयात्रुहरुलाई बसको व्यवस्था गरेर गन्तव्य तर्फ पठाएको नगरको वातावरण विपत व्यवस्थापन समितिका संयोजक शक्तिराम डाँगीले जानकारी दिएका छन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

आइतबार बिहान ७३ जनालाई रोल्पाको होलेरी सम्म पुर्‍याइएको छ । त्यसैगरी आइतबार दिउँसो २ वटा बसमा तुलसीपुर १२२ जना र होलेरी ५२ जना यात्रुलाई खाजा र पानी खुवाएर पठाइएको प्रमुख प्रशासकीय अधिकृत ऋषिराम केसीले जानकारी दिएका छन् ।

उनीहरु सबैको कुइरेपानीमा स्वास्थ्य जाँच समेत गरिएको छ । नगरमा आइपुग्ने कुनै पनि व्यक्तिहरुलाई गन्तव्यमा पुर्‍याउन उपमहानगरले व्यवस्थापन गर्ने उनको भनाइ छ । यसअघि पनि उपमहानगरले शुक्रबार करिब २ सय पैदलयात्रुलाई घरसम्म पुग्‍न गाडीको व्यवस्था गरेको थियो ।

प्रकाशित मिति: आइतबार, वैशाख ७, २०७७  २०:२५
प्रतिक्रिया दिनुहोस्