site stats
बाह्रखरी :: Baahrakhari
देश
काठमाडौंको प्रज्ञाकुञ्‍जले सुरु गर्‍यो अनलाइन कक्षा

काठमाडौं । काठमाडौं प्रज्ञाकुञ्‍ज एकेडेमी, नयाँ बानेश्वरले लकडाउनका कारण शैक्षिक गतिविधि बन्द भएपछि अनलाइन शैक्षिक विधि अपनाएको छ ।

सोही विधि अनुसार एकेडेमीले वैशाख २ गतेदेखि ६ गतेसम्म 'जुम एप' मार्फत् विभिन्‍न कक्षामा अध्ययनरत विद्यार्थीहरुसँग अन्तर्क्रिया गरेको थियो भने आइतबार 'स्कुल एप' मार्फत् वा अघिल्लो शैक्षिक सत्रको वार्षिक परीक्षाफल प्रकाश गरेको छ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

त्यसैगरी वैशाख ८ गतेदेखि १० गेतसम्म शिक्षक-अभिभावक अन्तरक्रिया तथा पाठ्यक्रम आदानप्रदान गरेको छ । वैशाख १० गतेदेखि प्रत्येक दिन हरेक कक्षाका दुई वटा विशेष विषयका लागि अनलाइन कक्षा सञ्‍चालन गर्ने जनाइएको छ ।

विभिन्‍न एपमार्फत अनलाइन सञ्‍चालन गरिने यी कक्षाहरु सिकाइ सहजीकरणका लागि भरपर्दो माध्यम बन्ने तथा विषम परिस्थितिले सिर्जना गरेको आफ्ना बालबालिकाको अन्योलग्रस्त शैक्षिक अवस्थाबाट चिन्तित अभिभावहकहरुलाई पनि केही राहत मिल्ने भएकाले आफ्ना नानीबाबुहरुलाई तयारी अवस्थामा राखिदिन विद्यालयले अनुरोध गरेको छ ।

प्रकाशित मिति: आइतबार, वैशाख ७, २०७७  १८:३४
प्रतिक्रिया दिनुहोस्