site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
सेती अस्पतालमा उपचारपछि कोरोना नेगेटिभ देखिएका एकजनालाई डिस्चार्ज 
Ghorahi CementGhorahi Cement

काठमाडौं । कोरोना पोजेटिभ देखिएपछि सुदूरपश्‍चिमको धनगढीस्थित सेती प्रादेशिक अस्पतालका उपचाररत एक संक्रमितलाई आज डिस्चार्ज गरिएको छ । 

सेती प्रादेशिक अस्पतालमा उपचाररत कैलालीको लम्कीका २१ वर्षीय पुरुषलाई उपचापछि दुईपटक नेगेटिभ देखिएपछि आज डिस्चार्ज गरिएको अस्पताल स्रोतले पुष्टि गरेको छ । 

Agni Group

कैलालीको लम्कीचुहा नगरपालिका ९ स्थित सरस्वती माध्यमिक विद्यालय प्रतापुरको क्‍वारेन्टाइनमा राखिएका २१ वर्षीय कोरोना भाइरस संक्रमित युवकको पीसीआर परीक्षण नितजा शनिबार र आइतबार गरिएको जाँचमा नेगेटिभ आएको हो । 

भारतको मुम्बईबाट गौरीफन्टा नाका हुँदै कैलाली फर्किएका उनीहरुलाई चैत १२ गते विद्यालयको क्वारेन्टाइनमा पुर्‍याइएको थियो । उनलाई चैत २१ गते गरिएको परीक्षणमा कोरोना पोजेटिभ देखिएपछि सेती प्रादेशिक अस्पतालमा उपचार थालिएको थियो । 

Global Ime bank

सुदूरपश्‍चिममा शनिबारसम्म सात हजार ८७८ जनाको कोरोना परीक्षण गरिएको थियो । जसमध्ये पाँच हजार ३०३ जनाको आरडीटी परीक्षण गरिएको छ भने दुई हजार ४९५ आरडीटी र पीसीआर जाँच गरिएको छ । देशभरका देखिएका ३१ जना कोरोना संक्रमितमध्ये ५ जना सुदूरपश्‍चिममा छन् । 

आज अस्पतालबाट डिस्चार्ज गरिएका उनीसहित नेपालभर चारजनालाई कोरोना निको भएको छ ।

सेती अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको पीसीआर नतिजा नेगेटिभ 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख ७, २०७७  १६:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC