site stats
बाह्रखरी :: Baahrakhari
कोरोना संक्रमण अपडेट
Nabil BankNabil Bank
भरतपुरमा परीक्षण गरिएको २१ नमुना नेगेटिभ
Sarbottam CementSarbottam Cement

चितवन । भरतपुर कोभिड १९ परीक्षण  प्रयोगशालामा पहिलोपटक परीक्षण गरिएका २१ वटा नमुना नेगेटिभ देखिएको छ । 

सोमबार विभिन्‍न अस्पतालबाट संकलन भएका नमुनाको नतिजा आज सार्वजनिक गरिएको हो । प्रयोगशाला  सञ्‍चालन उपसमिति संयोजक डा. कृष्णसागर शर्माका अनुसार भरतपुर कोरोना अस्थायी अस्पतालबाट संकलन भएको १६, रत्‍ननगरको गुञ्‍जमान अस्पतालबाट पठाइएको एक र प्रयोगशालामै संकलित चार नमुनाको परीक्षण गरिएको हो । 

Prabhu Bank
Agni Group
NIC Asia

भरतपुर अस्पताल, निजी मेडिकल कलेज र अस्पतालले नमुना कोरोना अस्पतालमा पठाउँछन् । शर्माका अनुसार आजबाट सबै नमुना बिहान १० बजेभित्र कोरोना अस्पतालमा संकलन भई ११ बजेसम्ममा प्रयोगशालामा पुर्‍याएर परीक्षण थालिनेछ । पोजेटिभ  देखिए सम्बन्धित बिरामी रहेको अस्पतालका चिकित्सकलाई जानकारी गराइनेछ । अन्यको नतिजा भोलिपल्ट १० बजे सार्वजनिक गर्ने गरी तालिका मिलाइएको छ । आज नतिजा आएका बिरामी अस्पतालको आइसोलेसन, क्‍वारेन्टाइन र होम क्‍वारेन्टाइनमा छन् । 

अस्पताललाई सामग्री
भरतपुर अस्पतालको ५७औं वार्षिकोत्सवको अवसरमा श्री मेडिकल एण्ड टेक्निकल कलेज भरतपुरले २५ व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) सहयोग गरेको छ । कलेजका कार्यकारी अध्यक्ष सरोज ढकालले सम्भावित कोरोना भाइरसको  जोखिम हुन नदिन ती सामग्री सहयोग गरेको र ती सामग्री मूल्य एक लाख ९७ हजार ५०० रुपैयाँमा खरिद गरिएको बताए ।

Global Ime bank

कलेजका छात्रछात्राको प्रयोगात्मक कक्षा सो अस्पतालमा हुने गर्छ । कलेजमा प्रवीणता प्रमाणपत्र तह र स्‍नातक तहका स्वास्थ्यसँग सम्बन्धित विषयमा पढाइ हुन्छ । अस्पतालमा प्रयोगात्मक कक्षामा सहभागी भएबापत वार्षिक रुपमा सबैभन्दा बढी रकम बुझाउने पनि सोही कलेज हो । सो भाइरसको जोखिम हुन नदिन अस्पताललाई विभिन्‍न संघ-संस्थाले सहयोग गर्दै आएका छन् । -रासस

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत २५, २०७६  १९:०९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC