site stats
बाह्रखरी :: Baahrakhari
ब्लग
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
खै ईयू, खै सार्क ?

कोरोना सङ्क्रमणले युरोपलगायत संसार नै चिन्तित भइरहेका बखत ईयू अर्थात् युरोपियन युनियनको सार्थकता खोज्न थालिएको छ । यतिखेर संयुक्त राज्य युरोपको अर्थ नभेटिएपछि प्रश्नहरू ईयूमाथि गहिरिन थालेका छन् । आफू संलग्न संस्थाको अभिभावकत्व र सहयोग प्राप्त होस् भन्ने कामना गर्नु विपद्का बेला अन्यथा होइन । 

सतही रूपमा अहिले युरोपका सबै मुलुक आफ्ना जनता, तिनको रोजगारी, स्वास्थ्य तथा अर्थव्यवस्थालाई लिएर चिन्तित  रहेको देखिन्छ, तर अवस्था ठीक उल्टो छ । इटली र स्पेनजस्ता मुलुकले भोगिरहेको कठिनाइबारे युरोपका धनी देशहरू चुप छन् । त्यहाँ हजारौं मानिस मरिसकेका छन्, लाखौं सङ्क्रमित छन् । सङ्क्रमण रोक्न नसकेर सरकारहरू लाचारी प्रकट गरिरहेका छन्, जनता सामान्य उपचारको अभावमा मृत्यु भोग्न बाध्य छन् । युनियन भन्नु सुखमा जमघट गर्ने थलो भएको छ, यही कारण ईयू यतिखेर प्रश्नहरूको कठघरामा पर्दै गएको छ । 

जर्मनी युरोपको धनी मुलुक हो, उसले आफ्नो मात्र होइन युरोपका अन्य मुलुकको अप्ठेरोमा पनि सहयोग गर्नुपर्छ । तर अहिले जर्मनी आफैं कोरोनाको कठिनाइ भोगिरहेको छ । प्रश्न यहीँनिर उठ्छ– युरोपका धनी वा अन्य मुलुकको समस्यामा एक भएर समाधान खोज्नकै लागि ईयू गठन भएको होइन र ? ईयूले इतिहासकै कठिन मोडबाट गुज्रिरहेको युरोपलाई एक ढिक्का बनाएर कोरोनाविरुद्ध लड्न अग्रसर हुनुपर्ने होइन र ? तर ईयू कता छ, कसैले महसुस गर्न पाइरहेका छैनन् । ईयू युरोपमात्र होइन, नेपाललगायत संसारका अन्य मुलुकमा पनि आफ्नो प्रभाव जमाउन अग्रसर संस्था हो ।

Prabhu Bank
Agni Group
NIC Asia

जर्मनीले इटलीमा मास्क पठाउनुका साथै फ्रान्स र इटलीका सङ्क्रमित बिरामीलाई आफ्नो अस्पतालमा भर्ना गर्‍यो । तर उसले कोरोना भाइरसका कारण दुई देशमाथि जुन ऋण बढेको छ त्यो बराबरी रूपमा तिर्नुपर्ने पनि बतायो । यसअघि जर्मनीले पुरानो ऋणबारे इटलीलाई कहिल्यै केही भनेको थिएन । कतिपय इटलीबासी आफू युरोपियन हुनुले पीडित भएको बताइरहेका छन् । इटलीवासी तथा त्यहाँका नेताहरू अर्को धनी मुलुक नेदरल्यान्ड्सले पनि आफूलाई सहयोग नगरेको विषयमा आलोचना गरिरहेका छन् । इटलीमा सामाजिक सञ्जालमा ईयूको झन्डा जलाइएको भिडियो भाइरल हुन पुगेको छ ।

उसो त युरोपली कमिसनले कोरोनाका कारण प्रभावित हुन पुगेका कामदारका निम्ति सय अर्ब युरोको एक योजना प्रस्ताव गरेको छ । इटलीलाई मेडिकल सामानका लागि पाँच करोड युरो दिने घोषणा पनि गरेको छ । तर, यस्ता सहयोगको वचनवद्धता अगाडि युरोपका धनी मुलुकको भूमिका खोजिएको छ । 

Global Ime bank

फ्रान्सका अर्थमन्त्री ब्रुनो ला मेयरले बिहीबार ईयूले कुनै पनि समस्या समाधानको सन्दर्भमा सधैं जर्मनीको मुख ताक्दै आएको आरोप लगाए । उनले भने, ‘‘मैले जर्मनीका राजनेताका साथै अन्य थुप्रै जिम्मेवार मानिससँग कुरा गरेँ । सारा युरोपको कोरोना सङ्कट जर्मनीले समाधान गर्नुपर्ने कतिपयको भनाइ छ ।’’ यसबाट पनि बुझ्न सकिन्छ, ईयू र उसको भूमिका स्वयम् युरोपेली मुलुकमा कस्तो भनेर ।

धनी देश नेदरल्यान्ड्स र अस्ट्रिया मद्दत गर्न आफूहरू तयार रहेको तर त्यसका निम्ति सर्तहरू पालना गर्नुपर्ने बताइरहेका छन् । इटली यही कारण चिन्तित छ । 

के ईयूले युरोपका धनी देशलाई कोरोना कहरमा सहयोग गर्न बाध्य पार्न सक्छ ?

युरोपियन कमिसनकी प्रमुख अर्सला भान डेर लेन भन्छिन्– अहँ सकिँदैन । उनी सल्लाह दिन्छिन्, ‘‘सङ्कट समाधानका लागि आपसी सहयोग, लचकता तथा एकजुट हुन आवश्यक छ । यसले मात्रै समस्या समाधान हुन सक्छ ।’’ अर्सलाको उपदेशले युरोपलाई अलिकति पनि छोएको छैन । युरोपेली देशबीचको आवागमन सुविधा (सेनजेन सम्झौता) यतिखेर बेकामे भएको छ । जर्मनी र अस्ट्रियाले, बेल्जियम तथा फ्रान्सले आफ्नो सीमा बन्द गरिसकेका छन् । सीमा बन्द गर्नेबारे अन्य युरोपेली मुुलुकले आजभोलि नै निर्णय गर्ने भएका छन् ।  

 

दक्षिण एसियाली सङ्गठनहरूको औचित्य

कोरोना सङ्क्रमणले आफ्नो मुलुकलाई गाँज्दै लगेपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दक्षिण एसियाली सहयोग सङ्गठनलाई सम्झिएका थिए । यसअघि उनले सार्कको औचित्य देखेका थिएनन् । उनी सार्कको बदलामा बिम्सटेकलाई बलियो पार्ने ध्याउन्नमा लागेका थिए । बिम्सटेकमा पाकिस्तान छैन, सोही कारण मोदी यो सङ्गठनमा बढी चासो दिन थालेका थिए । 

यतिखेर के बिम्सटेक के सार्क वा अन्य सङ्गठनहरू, तिनको औचित्य पुष्टि हुने सम्भावना निकै क्षीण छ । विश्व संस्था वल्र्ड हेल्थ अर्गनाइजेसन (विश्व स्वास्थ्य सङ्गठन) कै भूमिका यतिखेर आलोचित छ । उसको काम गराइमाथि अनेक प्रश्न उठेका छन् । 

आपद्का बेला नै हो, आपसी सहयोग सङ्गठन आवश्यक पर्ने । जसरी इटली र स्पेनलाई यतिखेर मद्दतको आवश्यकता छ तर ईयू मौन छ, त्यसैगरी हामी दक्षिण एसियालीलाई पनि सार्कको महत्त्व अहिले निकै छ । आपसी मनमुटाव त्यागेर अहिले यस्ता सहयोग सङ्गठन ब्युँताउन सके पीडामा परेका राष्ट्रलाई ठूलो राहत हुन्थ्यो । दक्षिण एसियाली मुलुकको अभिभावकत्व निर्वाह गर्न सक्ने देश भनेको भारत नै हो, चाहे हामीलाई उसको विगतको भूमिका मन परोस् या नपरोस् । नेपाललगायत अन्य साना र गरिब मुलुकले सङ्गठन ब्युँताउन खोज्नुको कुनै अर्थ छैन । यिनले अनुरोध गर्ने मात्रै हो । त्यसकारण पनि भारत अघि सर्नुपर्छ ।

चीनले कोरोनाबाट कसरी मुक्ति पाइन्छ भन्नेबारे अरु देशभन्दा बढी ज्ञान हासिल गरेको छ । दक्षिण कोरियासँग पनि केही अनुभव भइसकेको छ । यसबखत के युरोप, के एसिया वा अन्य महादेश, सबै मिलेर यो विषाणुलाई सदाका निम्ति लखेट्नु प्रमुख काम भएको छ । के यसका निम्ति नरेन्द्र मोदी, सी चिन फिङ, डोनाल्ड ट्रम्प, एन्जेला मर्केल, बोरिस जोन्सन, मुन जे इनलगायत प्रभावशाली नेता तयार होलान् ?
 

 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत २१, २०७६  २१:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ann KFCAnn KFC
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC