धनगढी । सुदुरपश्चिम प्रदेशका विभिन्न स्थानमा अलपत्र परेका भारतीय नागरिकलाई धनगढी उपमहानगरपालिकाले त्रिनगर माध्यमिक विद्यालयमा स्थापना गरेको क्वारेन्टाइनमा राखेको छ ।
उपमहानगरपालिकाले अलपत्र परेका ४३ भारतीयलाई त्रिनगर माध्यमिक विद्यालयमा स्थापना गरिएको क्वारेन्टाइनमा राखिएको छ ।
स्थानीय प्रशासन, नेपाल–भारतमैत्री सङ्घसँग समन्वय गरेर क्वारेन्टाइनमा राखिएको हो । भारतको पिथोडागढ जिल्लाको धार्चुला पुल नजिक अलपत्र परेका नेपालीलाई भारतको उत्तराखण्ड सरकारले भारतमै क्वारेन्टाइनमा राखेर सहयोग गर्ने सहमतिपछि नेपालमा अलपत्र परेका र कोरोनाको लक्षण देखिएकालाई क्वारेन्टाइनमा राखिएको हो ।
कुमारी बैंकको सहयोग
सुदूरपश्चिम प्रदेश सरकारले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि स्थापना गरेको ‘कोरोना भाइरसको जोखिम नियन्त्रण, उपचार तथा व्यवस्थापन कोष’ मा कुमारी बैंक लिमिटेडले बिहीबार १० लाख सहयोग गरेको छ ।
बैंकका सुदूरपश्चिम प्रमुख दीपक खनालले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई रु १० लाखको चेक हस्तान्तरण गरे । कुमारी बैंकको केन्द्रीय कार्यालयले कोरोनाको रोकथाम तथा नियन्त्रणका लागि सरकारले स्थापना गरेको राहत कोषमा जम्मा हुने गरी प्रत्येक प्रदेशलाई रु १०\१० लाख सहयोग गर्ने निर्णयअनुसार सुदूरपश्चिम प्रदेश सरकारलाई पनि उक्त रकम हस्तान्तरण गरिएको जनाएको छ ।
यस्तै गरिमा विकास बैंक लिमिटेड र माछापुच्छ्रे बैंक लिमिटेडले पनि प्रदेश सरकारको सोही कोषमा रु पाँच÷पाँच लाख सहयोग गरेको प्रमुख स्वकीय सचिव वलीले बताए । गरिमा विकास बैंकका शाखा प्रमुख यादवप्रसाद पन्त र माछापुच्छ्रे बैंक लिमिटेडका प्रदेश प्रमुख हरिलाल ऐरले मुख्यमन्त्री भट्टलाई रु पाँच÷पाँच लाखको चेक हस्तान्तरण गरे । रासस
सांकेतिक तस्बिर