site stats
बाह्रखरी :: Baahrakhari
देश
आजको राशिफल : सिंह उत्तम, तुला अनुकुल 

२०७६, चैत्र २१ गते शुक्रबार 

मेष :  दिन प्रतिकूल रहनेछ । आँटेको काममा व्यवधान आउनसक्छ । कुनै पनि कुरा हतारमा निर्णय नगर्नु बेस हुनेछ । ठूलो कामको अपेक्षा नगर्नु राम्रो हुनेछ । 

वृष : दिन उत्तम खालको रहनेछ । सामाजिक कामको दायित्व बढ्नेछ । कामप्रति रूचि बढ्नेछ । यश, कीर्ति मिल्नेछ । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

मिथुन : दिन अनुकूल रहनेछ । मीठो बोलीले प्रसन्नता प्रदान गर्नेछ । आयआर्जनको मात्रा बढ्नेछ । मिष्ठान्न भोजन मिल्नेछ । 

कर्कट : दिन भाग्योदयकारक रहनेछ । कामप्रति जोश, जाँगर बढ्नेछ । दीर्घकालीन कार्ययोजना तय हुनेछ । महŒवपूर्ण काम हात लाग्नेछ । 

सिंह : दिन प्रतिकूल रहनेछ । खर्चमा वृद्धि हुनेछ । सामान्य कुरामा पनि वादविाद आउनसक्छ । सामाजिक प्रतिष्ठामा कमी आउनेछ । 

कन्या : दिन उत्तम रहनेछ । आय आर्जनमा वृद्धि हुनेछ । आफन्तबाट आवश्यक सहयोग मिल्नेछ । दीर्घकालीन काम बन्नेछ । 

तुला :  दिन अनुकूल रहनेछ । आँटे ताकेको काम सम्पन्न हुनेछ । सामाजिक कामको दायित्व बढ्नेछ । मान सम्मान मिल्नेछ । 

वृश्चिक : दिन ठिक रहनेछ । धर्मकर्म गरिनेछ । दानपुण्यले मनमा शान्ति प्राप्त हुनेछ । अरुबाट सहयोग प्रशस्त पाइनेछ । 

धनु : दिन प्रतिकूल रहनेछ । काममा व्यवधान आउनेछ । महŒवपूर्ण कामको आशा नगर्नु बेस हुनेछ । पारिवारिक सहयोग मिल्नेछैन । 

मकर : दिन अत्युत्तम रहनेछ । आँटेको काममा सफलता मिल्नेछ । सामाजिक सद्भाव पाइनेछ । आफन्तबाट आवश्यक सहयोग प्राप्त हुनेछ । 

कुम्भ :  दिन उत्तम रहनेछ । शत्रु परास्त हुनेछन् । शरीर स्वस्थ रहनेछ । महŒवपूर्ण काम हात लाग्नेछ । आटे ताकेको काम सजिलै बन्नेछ ।

मीन : दिन उचित खालको रहनेछ । मनमा चिन्ता कम हुनेछ । निर्णय क्षमताको विकास हुनेछ । बुद्धिवर्धक काम गरिनेछ ।  
 

प्रकाशित मिति: शुक्रबार, चैत २१, २०७६  ०५:३०
प्रतिक्रिया दिनुहोस्