site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
गन्ध र स्वाद थाहा नपाउनु पनि कोरोनाको लक्षण हो ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । केही खाँदा स्वाद महसुस नहुनु र कुनै चिजको गन्ध नआउनु पनि कोरोनाका लक्षण हुन सक्ने बेलायती शोधकर्ताहरुले बताएका छन् । लन्डनको किङ्स कलेजको एक टोलीले कोरोनो भाइरसका सन्दिग्ध लक्षण एपमा रिपोर्ट गर्ने करिब चार लाख मानिसको डाटा अध्ययनबाट यस्तो तथ्य पत्ता लागेको हो ।

चिसो महसुस हुनु, स्वास लिन कठिन हुनुका साथै गन्ध र स्वाद थाहा नपाउनु पनि कोरोनाको लक्षण हुन सक्ने नयाँ शोधले देखाएको छ । विशेषज्ञहरुका अनुसार ज्वरो, खोकी भाइरसको सम्भावित र महत्वपूर्ण लक्षण हो नै साथमा नयाँ लक्षणलाई पनि नजरअन्दाज गर्न मिल्दैन । 

Prabhu Bank
Agni Group
NIC Asia

किङ्स कलेजका शोधकर्ताहरु कोरोना भाइरसका बारेमा थप जानकारी जुटाउन लागिपरेका छन् । उनीहरु चाहन्छन् आफ्नो शोधबाट विशेषज्ञलाई मद्दत पुगोस् र रोगबारे थ जानकारी प्राप्त होस् । 

शोधार्थीका अनुसार कोभिड सिम्पटम ट्र्याकर एपमा रिपोर्ट गर्नेमध्येबाट ५३ प्रतिशतले थकान, २९ ले लगातार खोकी, २८ ले स्वास लिन गाह्रो, १८ ले गन्ध महसुस र स्वाद नपाउने तथा १०.५ प्रतिशतले ज्वरो आएको उल्लेख गरेका थिए । एपमा सहभागी चार लाखमध्ये १७०२ को कोभिड –१९ परीक्षण भएको र ५७९ मा पोजिटिभ पाइएको थियो । जसको पोजिटिभ नतिजा आयो तीमध्ये ५९ प्रतिशतले आफूलाई स्वाद थाहा पाउन र गन्ध महसुस हुन छाडेको बताएका थिए । 

Global Ime bank

यद्यपि, विशेषज्ञहरु अहिले पनि स्वाद र गन्धलाई कोरोनाको लक्षण मानिहाल्न तयार छैनन् । उनीहरु यसको पर्याप्त प्रमाणको अध्ययनमा लागेका छन् । विश्व स्वास्थ्य सङ्गठनले पनि यी दुई लक्षणलाई कोरोनाको सूचीमा राखेको छैन ।  

ईएनटी यूके (बेलायतमा आँखा, नाक, कान घाँटी विशेषज्ञ डाक्टरहरुको प्रतिनिधि समूह) का अनुसार भाइरस सङ्क्रमितले गन्ध र स्वाद थाहा नपाउँदा डराउनु नपर्ने, यो कोरोना सङ्क्रमणकै कारण हुनुपर्छ भन्ने छैन । उता, किङ्स कलेजका शोधार्थी भने स्वाद र गन्ध थाहा नपाउनु कोरोनाका अतिरिक्त लक्षण मान्नुपर्ने बताइरहेका छन् । 

टोली प्रमुख प्रा. टिम स्पेक्टर भन्छन्, ‘‘यदि कोभिड–१९को अन्य लक्षणसहित स्वाद र गन्ध थाहा पाउने क्षमता गुमेको छ भने तपाईं स्वयम्ले आफूलाई आइसोलेट गर्नु उपयुक्त हुन्छ, यसो गर्नाले अरुलाई सर्न पाउँदैन ।’’ (बीबीसी)
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत २०, २०७६  १०:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC