site stats
बाह्रखरी :: Baahrakhari
कोरोना संक्रमण अपडेट
कोरोना उपचारमा चीनको सहयोग

काठमाडौं । चीनले कोभिड १९ को रोकथाम एवं उपचारमा प्रयोग हुने व्यक्तिगत सुरक्षा सामाग्री, मास्कलगायतका सामानहरू नेपाल सरकारलाई हस्तान्तरण गरेको छ ।

नेपालस्थित चिनियाँ राजदूत होउ यान्छीले आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुगेर ती सामान स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई हस्तान्तरण गरिन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

चिनियाँ दूतावास एवं सिन्चुवान प्रान्तले पुन प्रयोग गर्न नसकिने मास्क २४ हजार थान, एन नाइन्टी फाइब मास्क २ हजार थान, चस्मा ५ सय थान, थर्मोमिटर सय थान, व्यक्तिगत सुरक्षा सामग्री ५ सय ३० थान, भेन्टिलेटर एकथान र क्वारेन्टाइन टेबल ४ सय बक्सा उपलब्ध गराएको छ ।

त्यसैगरी अलिबाबा फाउन्डेसन र ज्याकमा फाउन्डेसनले एन नाइन्टी फाइब मास्क १ लाख २ सय थान र पीसीआर टेस्ट किट्स २ हजार ६४ थान उपलब्ध गराएको छ । चाईना सि ए एम सि इन्जिनियरिङ कम्पनी लिमिटेडले व्यक्तिगत सुरक्षा सामग्री २ सय थान, पुनः प्रयोग गर्न नमिल्ने मास्क २० हजार थान, चस्मा २ सय थान र पञ्जा २ हजार थान, उपलब्ध गराएको छ । सिन्चुवान हुसी गु्रपले २ हजार थान पुन प्रयोग गर्न नमिल्ने मास्क, होङसी सिमेन्ट कम्पनीले १ हजार थान व्यक्तिगत सुरक्षा सामग्री र पिसिआर टेस्ट किट्स ३ हजार थान उपलब्ध गराएको छ ।

स्वास्थ्य सामग्री हस्तान्तरण गर्दै चिनियाँ राजदूत यान्छीले कोभिड १९ को समस्या कुनै पनि एउटा मुलुकको मात्रै समस्या र चासोको विषय नभएर विश्वव्यापी समस्या भएकाले आफ्नो मुलुक नेपालसँगै अन्तर्राष्ट्रिय स्तरमा नै सहयोग गर्न तयार रहेको बताइन् ।

सामान हस्तान्तरणपछि मन्त्री ढकालले चीनबाट प्राप्त सहयोगले नेपालमा कोभिड १९ को रोकथाम एवं उपचार र व्यवस्थापन कार्यमा सहयोगी हुने विश्वास व्यक्त गरे । असल छिमेकीका रूपमा एक–अर्कालाई सहयोग गर्ने असल परम्परालाई कायम राख्दै चीन सरकार र चीनका विभिन्न संस्थाहरूबाट प्राप्त सहयोगको मन्त्री ढकालले प्रसंम्सा गर्दे ती संस्थालाई धन्यवाद पनि दिए ।

मन्त्री ढकालले नेपालस्थित चिनियाँ राजदूतबाट प्राप्त यी सामग्री आवश्यकताअनुसार सक्दो छिटो नेपालका सातवटै प्रदेशमा पुर्याइने जानकारी दिए । उनले विदेशबाट आएकालाई सावधानीका साथ क्वारेन्टाईनमा राख्ने र क्वारेन्टाईनमा राखेका व्यक्तिहरूको नमुना परीक्षण गरेर अरुलाई संक्रमित हुन नदिनका लागि गर्ने काममा प्राप्त औषधीजन्य औजारहरू तथा डाक्टर नर्स लगायत प्रयोगशालामा काम गर्नेहरूका लागि आवश्यक पर्ने सामानग्रीले उनीहरूको सुरक्षाको प्रत्याभूति गरेको बताए ।
 

प्रकाशित मिति: आइतबार, चैत १६, २०७६  १४:३२
प्रतिक्रिया दिनुहोस्