site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
खुलिरहेका छन् अत्याश्यक सामग्रीका पसल
Sarbottam CementSarbottam Cement

काठमाडौं । बिहान सबेरै केही पसल खुले । तर ग्राहकको चहलपहल बढेन । हिजो केही चहलपहल देखिए पनि आज त्यो दोहोरिएन । आएका ग्राहक पसल र्‍यागभन्दा अलि पछाडि नै बसे । कारण पसलेले कोरोना भाइरस (कोभिड–१९)को संक्रमणको जोखिम कम होस् भनेर दूरी कायम गर्न डोरी टाँगेका थिए । डोरीबाहिरबाट ग्राहकले आफूलाई चाहिएको सामग्री मागे । पसलेले दिए । ग्राहकले सामान खरिद गरे वापतको पैसा दिए । सर्जिकल माक्स र सर्जिकल ग्लोब्स लगाएका पसलेले पैसा लिए । उनले संक्रमणको जोखिम न्यूनिकरणका यो सावधानी अपनाएका हुन् । यो दृश्य बिहीबार बिहान मध्येबानेश्वरस्थित मिलनचोकको हो ।  

गोरखाका कुमार विश्वकर्माले मिलनचोकमा तरकारी र फलफूल पसल सुरू गरेको थुप्रै वर्ष भयो । उनको पसलमा एक नासले ग्राहकको भीड लाग्थ्यो । तर आज उनको पसलमा न ग्राहकको भीड लाग्यो, न त उनको पसलमा पर्याप्त तरकारी नै छ । कुमार होलसेलमा तरकारी लिन गएनन् । फलफूल भने उनको पसलमै आइपुग्यो । त्यसैले उनले केही फलफूल राखेर आज त्यही बेचे । भोलिबाट पसल नै खोल्ने सोचमा छैनन्, कुमार । 

“जोखिम मोलेर के पैसा कमाउनु । तरकारीको होलसेलमा भीड लाग्छ । यहाँ बेच्न राखेपछि पनि ग्राहकको भीड लाग्छ, त्यसैले तरकारी राखिन,” कुमार भन्छन्, “फलफूलमा भीड लाग्दैन, त्यसैले राखेको हुँ । यो पनि आज अन्तिम दिन हो, भोलिबाट पसल नै खोल्दिन ।” 

Prabhu Bank
Agni Group
NIC Asia

कुमारको पसलमा फाट्टफुट्ट ग्राहक देखिए पनि छेउमै खुलेको किराना पसलमा ग्राहक थिएनन् । ग्राहकको पर्खाइमा साहुजि थिए । तर ग्राहक थिएनन् । 

पसलमा सामान खरिद गर्न आउने अधिकांशले माक्स लगाए पनि पञ्जा भने कमैले मात्रै लगाएका थिए ।  तरकारी पसलमा कुन तरकारी कति ताजा र मूल्य कति भन्दै छाम्दै सोद्ने मध्ये केहीको हातमा मात्रै पञ्जा देखिन्थ्यो ।  

Global Ime bank

मिलनचोकका दिनेश खड्का पनि दूध किन्न डेरी जाँदै थिए ।  उनको मुखमा माक्स त थियो तर हातमा पञ्जा थिएन । किन ? “सायद बानी नभएर पनि होला । अर्को कुरा माक्स जस्तो जुनसुकै पसलमा किन्न नपाइने भएकाले पनि होला”, दिनेश भन्छन्, “कोरोनाको संक्रमणबाट बच्न पञ्जा पनि लगाउनु पर्छ भन्ने त थाहा छ, तर आजसम्म लगाउन चाहिँ थालेको छैन ।” 

सरकारले लक डाउन गरे पनि भीडभाड नगरी दूरी राखेर दैनिक उपभोग्य सामग्री खरिद गर्न बिहान र बेलुका केही समय पसल खोल्न दिएको छ । 


NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत १३, २०७६  ०९:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC