site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
कोरोनाविरुद्ध लड्न मेस्सीले गरे एक मिलियन युरो सहयोग
Sarbottam CementSarbottam Cement

एजेन्सी । बार्सिलोनाका कप्तान लियोनल मेस्सीले विश्वभर फैलिएको कोरोना भाइरसविरुद्ध लड्न एक मिलियन युरो आर्थिक सहयोग गरेका छन् ।

मेस्सीले बार्सिलोनाको एक अस्पताल र आफ्नै देशको अर्को एक मेडिकल सेन्टरलाई आर्थिक सहयोग गरेको रिपोर्टमा उल्लेख गरिएको छ । “मेस्सीले अस्पतालमा कोरोना भाइरससँग लड्न अनुदान दिएका छन् । तपाईको प्रतिबद्धता र समर्थनका लागि धेरै धेरै धन्यावाद”, अस्पतालले ट्विटरमा लेखेको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

उनीसँगै बार्सिलोनाका पूर्व खेलाडी तथा म्यानचेस्टर सिटीका प्रशिक्षक पेप गार्डिओलाले पनि एक मिलियन युरो सहयोग गरेका छन् । दुवैले एन्जल सोलर फाउन्डेसन र बार्सिलोनाको मेडिकल कलेजले सुरु गरेको अनुदान अभियानमा सहयोग गरेका हुन् । 

“गार्डिओलाले कोरोना भाइरस नियन्त्रण गर्न स्वास्थ्य उपकरण र आपूर्तिका लागि फाउन्डेसनलाई एक मिलियन युरो अनुदान दिए”, कलेजले विज्ञप्तिमा लेखेको छ ।

Global Ime bank

स्पेन इटालीपछि युरोपको सबैभन्दा बढी कोरोना संक्रमित राष्ट्र हो । स्पेनलमा हालसम्म ४० हजारभन्दा बढी संक्रमित व्यक्ति भेटिएका छन् भने दुई हजार ६९६ ले ज्यान गुमाएका छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत १२, २०७६  ११:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC