site stats
बाह्रखरी :: Baahrakhari
कोरोना संक्रमण अपडेट
चिकित्सा सामग्री चीन र भारत दुवैतिरबाट ल्याइने

काठमाडौं । सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि, अर्थमन्त्री युवराज खतिवडाले चिकित्सा सामग्री ल्याउन चीन र भारत दुवै देशसँग पत्राचार भइरहेको बताएका छन् ।

मंगलबार बसेको कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको १२ औं बैठकले गरेको निर्णय सार्वजनिक गर्दै सरकारले ल्याउने प्रक्रिया अलि लामो हुनाले निजी क्षेत्रलाई पनि त्यस्ता सामग्री ल्याउन प्रस्ताव आह्वान भएको बताए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“सङ्क्रमणको रोकथाम, नियन्त्रण र उपचारका लागि औषधि, उपकरण तथा चिकित्सा सामग्रीहरू मित्रराष्ट्र चीन र भारतबाट यथाशीघ्र ल्याउने व्यवस्थाका लागि परराष्ट्र मन्त्रालयले समन्वय गर्ने निर्णय भएको छ,” उनले भने ।

सङ्क्रमणको रोकथाम, नियन्त्रण र उपचारका लागि अत्यावश्यक हुने औषधि, उपकरण तथा चिकित्सा सामग्रीहरूको शीघ्र आपूर्ति गर्न स्वास्थ्य सेवा विभागले आजै पुनः सार्वजनि सूचना जारी गर्ने । बुधबारै निजी क्षेत्रमा आपूर्तिकर्तासँग छलफल गरी चैत १५ गतेभित्र आपूर्ति गरिसक्ने सरकारले निर्णय गरेको छ ।

यस्ता सामग्री ढुवानी गर्न समस्या देखिए सरकारले व्यवस्था मिलाइदिने निर्णय गरेको खतिवडाको भनाइ छ ।

प्रकाशित मिति: मंगलबार, चैत ११, २०७६  १७:५१
प्रतिक्रिया दिनुहोस्