site stats
बाह्रखरी :: Baahrakhari
कोरोना संक्रमण अपडेट
Nabil BankNabil Bank
क्वारेन्टाइनस्थल निर्माण र व्यवस्थापनका विषयमा पर्यटनमन्त्रीको चासो
Sarbottam CementSarbottam Cement

काठमाडौं । सरकारले क्वारेन्टाइनस्थल निर्माण र व्यवस्थापनका विषयमा सुरक्षा निकायहरूसँग जानकारी लिइरहेको छ ।

सोमबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईको संयोजकत्वमा बनेको समितिले क्वारेन्टाइनस्थ निर्माणका लागि सुरक्षा निकायहरूसँग जानकारी लिएको हो । उच्चस्तरीय समन्वय समितिले पर्यटनमन्त्री भट्टराईको संयोजकत्वमा समिति बनाएर क्वारेन्टाइन व्यवस्थापनको जिम्मा दिएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

समितिले सुरक्षा निकायहरूसँग सोमबार यसबारे छलफल गरेको हो । सोमबार बिहान सेनाका पदाधिकारीहरूलाई बोलाएर खरिपाटी क्वारेन्टाइनको अवस्था र अन्य ठाउँमा निर्माण गर्न सकिने सम्भाव्यताका विषयमा जानकारी लिएका हुन् । 

छलफलमा प्रमुख सेनानी शिवप्रसाद पौडेलले क्वारेन्टाइनस्थल व्यवस्थापनका लागि केही समस्या देखिएको बताए । आर्थिक व्यवभारका विषयमा स्पष्ट निर्देशन नहुँदा आन्तरिक स्रोत परिचालन गरी सेनाले तत्कालको समस्या टारिरहेको उनले बताए । खरिपाटीमा खाना पकाउने र सर्भिस गर्ने मान्छेको अभाव रहेको उल्लेख गर्दै पौडेलले तीनवटै सुरक्षा निकायको टोलीले काम गरिरहेको बताए ।

Global Ime bank

खरिपाटीमा क्वारेन्टाइनमा अहिले ८ महिलासहित ८१ जना छन् । जसमा एकजना ७६ वर्षीया, एक गर्भवती र एकजना ७१ वर्षीय विदेशी छन् । होटल र अन्य ठाउँबाट पनि क्वारेन्टाइनका लागि कोठाहरू उपलब्ध भएको प्रस्ताव आइरहेको सेनाले जनाएको छ । खरिपाटीमा क्वारेन्टाइनमा प्रतिव्यक्ति एक दिनमा पानी र प्याकिङबाहेक ७५० रुपैयाँ खर्च हुँदै आएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत १०, २०७६  १३:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC