site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सत्ता उन्मादले सेना हटाउन लागेँ

काठमाडौैं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्ता उन्मादले गर्दा पहिलो प्रधानमन्त्री कालमा सेनापति प्रकरण हुन पुगेको बताएका छन् ।

२०६६ सालमा तत्कालीन प्रधानमन्त्री प्रचण्डले सेना प्रमुख रुक्माङ्गत कटवाललाई हटाउन खोज्दा आफैं बहिर्गमित हुनुपरेको थियो ।

पार्टी वाग्मती प्रदेश कमिटीले बिहीबार आयोजना गरेको प्रशिक्षण कार्यक्रममा पूर्वप्रधानमन्त्री प्रचण्डले उक्त परिघटनाको स्मरण गरेका थिए ।

उनले सत्ता उन्माद र सबै जितियो भन्ने भान परेकैले सेनामा हात हालेको र प्रत्युत्पादक हुन पुगेको स्वीकार गरेका हुन् ।

“त्यतिबेला माओवादीले भुइँ छाड्यो । राष्ट्रपति, सेनापति सबैतिर हात हाल्यो । उन्मादले सेनापति हटाउन खोजेँ, आफैैं हट्नुपर्‍यो । हामी सबैको दाह्रा, नङ्ग्रा भाँच्चिइसकेका छन्,” उनले भने ।

उनले संविधानसभाको निर्वाचनपूर्व तत्काली एमालेसँग सहकार्य गर्न खोजेको भए पनि असम्भव भएको बताए । त्यतिबेला एमालेसँग सुरुमा ५०–५० प्रतिशतको भागभण्डा गर्न खोजिएको एमाले तयार नभएपछि पाँच प्रतिशत झरेर भए पनि गठबन्धन गर्न खोजिएको सम्झिए ।

व्यस्थित संगठन भएको दाबी गर्ने एमालेले त्यतिबेला माओवादीलाई ३० प्रतिशत मात्रै दिन तयार भएपछि पछि हट्नुपरेको प्रचण्डको भनाइ थियो ।

“एमालेले ७० र ३० को भागवण्डा गरौं भन्यो । हामीले मानेनौं । त्यतिबेला सबैतिर माओवादी जित्दैन भन्थे । भर्खर बन्दुक बिसाएर आएको हामीले पनि जितिँदैन कि क्यो हो भन्ठान्यौं । परिणाम आउँदा एमाले तेस्रोमा खुम्चियो । माओवादी पहिलो दल बन्यो । त्यसपछि हामीले भुइँ छाड्यौं,” प्रचण्ड विगततिर फर्किए ।

दोस्रो संविधानसभाको निर्वाचनमा प्रत्यक्षतर्फ २६ सिटमा खुम्चिनुपरेको स्मरण गर्दै उनले दम्भको परिणाम राम्रो नहुने संकेत गरेका थिए ।
 

प्रकाशित मिति: बिहीबार, फागुन १५, २०७६  १९:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro