site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
प्रचण्डलाई कांग्रेसको जवाफ– ‘जोसँग ज्यानको दुहाइ मागियो उसैलाई गाली ?’ 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

विराटनगर । नेकपाका अध्यक्ष पुष्पकमल दाहाललाई प्रदेश १ का कांग्रेस सांसदले जवाफ दिएका छन् । 

प्रदेशसभाको शुक्रबारको शून्य समयमा सचेतक सूयर्माराज राईले जनयुद्धका नाममा मारिएका १७ हजार मानिसको रगतको बाछिटा गिरिजाप्रसाद कोइरालालाई लगाउने काम नगर्न सुझाव दिए । “गिरिजाप्रसादको फेरो समाएर ज्यानको दुहाइ माग्ने प्रचण्ड आज उनै गिरिजाप्रसादको विषयमा जथाभावी बोल्न थाल्नुभएको छ,” राईले भने, “राजनीतिको एक आशलाग्दो पात्र जनयुद्धमा आत्तिए, त्यसपछि मात्तिए अहिले पात्तिएको जस्तो देखिएको छ ।’’ 

जनयुद्धपछि शान्तिप्रक्रियाको टुंगो लगाउन गिरिजाप्रसादले शान्तिदूतका रूपमा काम गरेको तर प्रचण्डले प्राणरक्षाको दुहाइ माग्दै आएको कुरा आज बिर्सिएको भन्दै सचेतक राईको भनाइ छ । “लोकतान्त्रिक गणतन्त्र धर्मनिरपेक्षता । संघीयता र आजको उपलब्धिको आधार तयार गर्ने नेतालाई मान्छे मार्न उक्सायो भनेर तुक्ष भाषा प्रयोग भयो । भाषा र हर्कत हेर्दा प्रचण्ड पतनको बाटोमा लागेजस्तो देखिएको छ,” उनले भने । सचेतक राईले कांग्रेसले प्रचण्डको भनाइको घोर निन्दा गर्छ भन्दै बोल्दा विचार गर्नुपर्ने सुझाए । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन २, २०७६  १४:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC