site stats
बाह्रखरी :: Baahrakhari
खेल
सावित्रा सम्मिलित गोकुलमले क्रिप्सासँग फाइनल खेल्दै

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी स्टार खेलाडी सावित्रा भण्डारी सम्लित गोकुलम केरेलाले हिरो महिला लिग फुटबलको आज (शुक्रबार) फाइनल खेल्दैछ ।

बैंगलोरमा हुने फाइनलमा गोकुलम केरेला र क्रिप्सा एफसी प्रतिस्पर्धा गर्दैछन् । खेल दिउँसो २ः१५ मा सुरु हुनेछ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

आजको खेलमा दुबै टोली जित निकाल्दै उपाधि जित्ने लक्ष्यमा छन् । यसअघि दुबै टोलीले लिगको उपाधि जितन सकेका छ्रैनन् ।

लिगको सर्वाधिक गोलकर्ताको सुचिमा रहेकी सावित्राले यस सिजन १५ गोल गरेकी छिन् ।

प्रकाशित मिति: शुक्रबार, फागुन २, २०७६  १०:२८
प्रतिक्रिया दिनुहोस्