site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
 विश्वका कम्युनिष्ट सिध्दिने अवस्थामा पुगेका छन् : प्रचण्ड 

चितवन । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विश्वका कम्युनिष्टहरु सिध्दिने अवस्थामा पुगेको बताएका छन् । 

दिनरात भोकभोकै लड्न सक्ने विश्वका कम्युनिष्टहरु जब सत्तामा पुगेपछि त्यस्तो गर्न नसक्ने हुंँदा नेपालमा पनि यस्तो रोग लाग्न लागेको  बताए  । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

नेकपा चितवनले आयोजना गरेको जनआन्दोलन तथा जनयुद्धका सहिदहरुको स्मृतिमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो  रोग नेपालमा नलागोस् भनेर कामना गरेको बताए ।

“युद्धको क्रममा जनतासँग बस्ने, जनताले जे खान्छन् त्यही खाने, दिनरात भोकभोकै लड्नसक्ने विश्वका कम्युनिष्टहरु जब सत्तामा पुग्छन्, त्यहाँ काम गर्न नसक्ने हुँदा आफैँ सिद्धिने अवस्थामा पुगेका छन्,” उनले भने, “विश्वका कम्युनिष्टहरुको त्यो रोग नेपाललाई नलागोस् त्यसको निम्ती के गर्ने भन्ने विषय नै आजको ऐतिहासिक आवश्यकता हो ।”

१० वर्षभन्दा बढी विद्रोह नगरी शान्तिपूर्ण तरिकाले विचार र तर्कको लडाइँमा आउँदा नै आज यो गणतन्त्र नेपालको परिस्थितिमा आइपुगेको उनको भनाइ थियो ।
 

प्रकाशित मिति: शुक्रबार, फागुन २, २०७६  ०७:२१
प्रतिक्रिया दिनुहोस्