site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Nabil BankNabil Bank
१.५ अर्ब पटक डाउनलोड गरियो टिकटक
Sarbottam CementSarbottam Cement

एजेन्सी । ‘एनालिटिक्स साइट सेन्सर टावर’ को डाटा अनुसार टिकटक कूल १.५ अर्ब पटक डाउनलोड भइसकेको छ । यस वर्षको फेब्रुअरीमा मात्र टिकटक १ अर्ब पटक डाउनलोड गरिएको थियो जुन गत वर्षको भन्दा ६ प्रतिशत वृद्धि हो । यसरी टिकटक सबैभन्दा बढी भारतमा लोकप्रिय रहेको डाटाले देखाएको छ भने त्यसपछिको यसको दोस्रो ठूलो बजार चीन रहेको छ । 

टिकटक भारतमा मात्र ३१ प्रतिशत डाउनलोड भएको थियो भने चीनमा ११.५ प्रतिशत र अमेरिकामा पनि ८.२ प्रतिशत डाउनलोड भएको डाटामा उल्लेख छ । यस्तोमा टिकटक अहिले फेसबुकका लागि सबैभन्दा ठूलो प्रतिस्पर्धी साबित भइरहेको छ । विशेषगरी युवाहरुमाझ यसको लोकप्रियता बढ्दै गएको छ भने यता फेसबुकको लोकप्रियता चाहिँ घट्दै गएको पाइएको छ । सेन्सर टावरको डाटा अनुसार वाट्सएप र म्यासेन्जरपछि सबैभन्दा बढी डाउनलोड हुने एप टिकटक नै हो जसले अहिले फेसबुक र इन्स्टाग्राम दुवैलाई हराउन सफल भएको छ । यसरी शिर्ष पाँच एप मध्ये टिकटक एउटा मात्र फेसबुकसँग आबद्ध नहुने एपमा पर्दछ । 

Prabhu Bank
Agni Group
NIC Asia

टिकटकका लागि भने पहिले देखि नै इन्स्टाग्राम सबैभन्दा ठूलो प्रतिस्पर्धी मानिँदै आएको थियो जसलाई टिकटकले यसवर्ष सजिलै पछि पारेको हो । तर बढी डाउनलोड भएपनि टिकटकलाई अझै इन्स्टाग्राम जति ठूलो स्तरमा पुग्न केही समय लाग्ने बताइएको छ । किनकी २०१८ मा मात्र इन्स्टाग्रामका मासिक एक अर्ब सक्रिय प्रयोगकर्ता थिए जसको सङ्ख्या अहिले अझ बढेको छ भने टिकटकले चाहिँ गत जुनमा मात्र सो उपलब्धी हासिल गरेको हो । यस्तोमा इन्स्टाग्राम अहिले केही अन्तरले मात्र अगाडि रहेको बताइएको छ । 

टिकटकको सफलताबाट प्रभावित भएर फेसबुकले पनि त्यस्तै किसिमको सेवा दिलाउने प्रयास गरिरहेको छ । कम्पनीबाट लिक भएको एक अडियोमा फेसबुकले लासो नामक टिकटक जस्तै भिडियो शेयरिङ एप लन्च गर्ने योजना बनाइरहेको खुलासा भएको थियो । त्यसमा फेसबुकका प्रमुख मार्क जुकरबर्गले मेक्सिको लगायत टिकटको व्यापकता नभएका ठाउँमा सो एप परिचित गराउन सकिने बताएका थिए । त्यस्तै यसअघि बजफिडले पनि २०१६ मा जुकरबर्गले ६ महिनासम्म म्युजिकल्ली खरिद गर्ने प्रयास गरेको रिपोर्ट गरेको थियो । अघिल्लो महिनामा मात्र इन्स्टाग्रामले ब्राजिलमा एउटा नयाँ फिचर परीक्षण गरेको हो जसलाई ‘रिल’ भनिएको छ ।

Global Ime bank

टिकटक जस्तै फिचर भएको सो एप त्यहाँका बासिन्दामाझ लोकप्रिय भइरहेको पनि बताइएको छ ।  
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ २९, २०७६  ०५:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC