अर्थ व्यवसाय
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकको साधारण सभाले आफ्ना सेयरधनीलाई करिब ९ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको छ ।
बैंकको मंगलबार सम्पन्न १५औं वार्षिक साधारण सभाले चुक्ता पुँजीको ८.९५९३ प्रतिशत अर्थात् २३ करोड ३५ लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । बैंकको चुक्ता पुँजी २ अर्ब ६० करोड ६६ लाख रहेको छ ।
बैंकले मुलुकभर ८९ शाखा कार्यालय, २६ एटीएमबाट सेवा प्रदान गर्दै आएको प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले जनाएका छन् । बैंकले संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई निरन्तरता दिँदै आएको पनि बैंकले जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, पुस २९, २०७६ १८:१२
प्रतिक्रिया दिनुहोस्