site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
प्रचण्डको माडी ऐंठन– बैठक छाडेर आएँ !
Ghorahi CementGhorahi Cement

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माडीलाई मणिमा बदल्न लागेको बताएका छन् ।

चितवनको माडीमा आयोजित खिचरा महोत्सव उद्घाटनपछि उनले चितवन राष्ट्रिय निकुञ्जका कारण स्थानीयलाई परेको असर समाधान गर्न, ठोरी–केरुङ राजमार्ग निर्माणको प्रक्रिया अघि बढाइएको बताए । उनले त्यहाँको एकीकृत विकासका लागि चक्रपथ निर्माणको अवधारणा पनि अघि बढाएको भन्दै माडीलाई मणि बनाउने प्रतिबद्धता जनाए । २०६२ जेठ २३ गतेको बाँदरमुढे घटनापछि प्रचण्ड माडीको घाउमा खाटा बसाउने भगीरथ प्रयत्नमा छन् ।

Agni Group

युद्धकालमा तत्कालीन माओवादीले थापेको विद्युतीय धरापमा ३८ जनाको ज्यान गएको थियो । युद्धकालको त्यो घाउ पुर्न प्रचण्डले माडीको एकीकृत विकासका लागि विभिन्न योजना अघि सारेका छन् । मंगलबार मात्रै पनि उनले माडीको पर्यटन प्रवर्द्धन गर्ने र कृषिमा आधुनिकता ल्याउने परियोजनाको शिलान्यास गरेका थिए । गैरआवासीय नेपाली संघको सहकार्यमा सुरु गर्न लागिएको परियोजनाले माडीको बहुआयामिक विकासका टेवा पुर्‍याउने प्रचण्डको विश्वास थियो ।

प्रचण्डले चितवन राष्ट्रिय निकुञ्जबाट स्थानीयले भोग्नुपर्ने दुःख निवारणका लागि २०२९ सालको ऐन संशोधन गर्न लागेको जानकारी पनि दिए । “चितवन राष्ट्रिय निकुञ्ज र माडीवासीको सम्बन्ध कसरी हार्दिक बनाउन सकिन्छ भनेर प्रयत्न गरिरहेको छु । माडीका जनता चितवनवासी हुँदा-हुँदै पनि अर्कै देशको जनताजस्तो पीडा भोग्नुपरेको छ । पीडा समाधान गर्न लगातार संघर्ष गरिरहेको छु । २०२९ को ऐनले जनावरको सुरक्षालाई त ध्यान दियो, मानिसको सुरक्षालाई कम ध्यान दिएको छ । त्रुटि त्यहीँ छ,” उनले भने ।

Global Ime bank

कृषि, पर्यटन, सडक, निकुञ्ज सुरक्षा, तटबन्ध आदिको माध्यमबाट माडीलाई मणी बनाउन भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरे । उनले राष्ट्रिय राजनीतिमा केही जटिलता देखापरेको र तारन्तार बैठक बस्नुपर्ने अवस्थाका बीच माडीवासी भेट्न पुगेको बताएका थिए ।
फाइल तस्बिर ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, पुस २९, २०७६  १५:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC