site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
थारु महिलाहरूले खेले फुटबल 

दाङ ।  सधैँ घरभित्रको चुलोचौकामा अल्झिँदै आएका दाङका थारु महिलाले माघीको अवसरमा फुटबल खेलेर मनोरञ्जन गरेका छन् । 

रुकमाया चौधरी अहिले ४९ वर्षकी भइन् । उनका विवाह भइसकेका छोराछोरी छन् । तर एकाबिहानै रुकमाया जनता माध्यमिक बिद्यालय, दाङको प्राङ्गणमा उनी फुटबल जर्सिमा देखिइन् । उनी जस्तै १ सय चार जना महिला शुकवार सेतो र पहेलो जर्सीमा देखिएका थिए । 

क्रियटिङ पोसिबिलिटिज, (सीपी) नेपालले माघीको अवसरमा आयोजना गरेको माघी विशेष कार्यक्रमअन्तर्गत यो अवसर जुरेको थियो । सीपी नेपालले गठन गरेका आमा समूहका महिला फुटवल प्रतियोगितामा सहभागी भएका थिए । ‘‘कति घरको काममा मात्र बस्नू कहिले काहीँ बाहिरका नयाँ कुराहरु पनि सिक्न मन लाग्यो ।’’ रुकमायाले भनिन् ।

मैदानमा निकै फुर्तिली देखिएकी अर्की सहभागी गढवा गाउँपालिका – ३ माधवपुरकी ४१ वर्षीय ज्ञानमति चौधरीले भनिन् – ‘‘यसरी टी सर्ट र हाप पाइन्ट कहिले लगाएको थिएन र फुटबल पनि खेलेको थिएन् । तर, खेल जित्छु भन्ने आँट छ’’ । जिन्दगीमा यसरी खेलिनेछ भनेर सोचेको पनि थिएन उनले भनिन् ।

मखमली आमा समूहकी सदस्य अन्जु चौधरी पनि फुटबल खेल्नकै लागी मैदानमा आएकी थिइन् । आजसम्म कुनै पनि खेल नखेलेको र फुटबल खेल्दा निकै रमाइलो हुनुका साथै आत्मबिश्वास बढेको उनले बताइन् । ’’कति बस्छौ चुलो र चौकामा, आऊ बाहिर रमाऊ खेलमा’’ भन्ने नाराका साथ  भएको खेलका अधिकांश सहभागी पूर्वकम्लहरी थिए । 

महिलाहरू यसरी फुटबल खेल्न जर्सीमा उत्रिँदा दर्शकले पनि राम्रै साथ दिएका थिए ।

साइकल सहयोग

यसैबीच क्रियटिङ पोसिबिलिटिज नेपालले गढवा गाउँपालिकासमेतको सहयोगमा माघीको अवसरमा शनिवार दाङको गढवामा ९ लाख बराबरको साइकल वितरण गरेको छ । त्यससमध्ये २ लाख बराबर गढवा गाउँपालिकाको सहयोग रहेको थियो ।

मुक्त कम्लहरीका, अति विपन्न, गरिबका सन्तानलाई र उद्यमशील महिलालाई शैक्षिक तथा व्यावसायिक प्रोत्साहनस्वरुप उक्त साइकल वितरण गरिएको र यसरी प्रदान गरिएको साइकलले उद्यमशील महिला र अध्ययनरत बालबालिकाको जीवन सहज बन्ने क्रियटिङ पोसिबिलिटिज नेपालका निर्देशक दिनेशराज सापकोटाले जानकारी दिए ।

नेदरल्यान्ड र क्यानाडाका स्वयंसेवी संस्थाको सहयोगमा विगत ६ वर्षदेखि माघीको अवसरमा साइकल वितरण हुँदैआएको सापकोटाले बताए । 
(हेमराज शर्माको सहयोगमा)
 

प्रकाशित मिति: सोमबार, पुस २८, २०७६  १२:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro