site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
पीपलको रूख रोपेर बालुवाटार छाडे प्रधानमन्त्री केपी ओली
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आजै प्रधानमन्त्री निवास बालुवाटार छाडेर बालकोट घरमा सर्ने भएका छन् । 
व्यबस्थापिका–संसदको बुधबारको बैठकबाट नयाँ प्रधानमन्त्री निर्वाचित भएपछि प्रधानमन्त्री केपी शर्मा ओली बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाट बुधबारनै भक्तपुर, बालकोटस्थित निजी निवास सर्ने प्रेस सल्लाहकार प्रमोद दाहालले जानकारी दिए ।
“प्रधानमन्त्री व्यबस्थापिका संसदको बैठकबाट सिधै बालकोट जानुहुने छ,”दाहालले भनेका छन् ।
नयाँ निर्वाचित प्रधानमन्त्रीलाई प्रधानमन्त्रीको सरकारी निवासमा सर्न उपयुक्त वातावरण निर्माण होस् भन्ने उद्देश्यले प्रधानमन्त्री आजै आफ्नो निजी निवास बालकोट सर्न लागेको दाहालले जनाए । नयाँ निर्वाचित प्रधानमन्त्रीको शपथ ग्रहण समारोहमा प्रधानमन्त्री ओली आफ्नो निजी निवासबाटै सहभागी हुनेछन् ।
आज व्यवस्थापिका संसद् बैठकमा सहभागी हुन जानु अघि प्रधानमन्त्रीले प्रधानमन्त्री निवास बालुवाटारस्थित सचिवालयको हातामा पीपलको बृक्षारोपण गरेका थिए । प्रधानमन्त्रीले सुरक्षाकर्मी, सचिवालयका कर्मचारी र सहयोगीहरुसँग छुट्टाछुट्टै भेटेर पुर्याएको सहयोगका लागि धन्यबाद दिएका थिए ।
 
 
 
 
NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन १९, २०७३  १२:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC